१० श्रावण २०८१,बिहिबार ९ : ५७ : ४४

विशेषज्ञहरूको भनाइ अनुसार, ध्वनी प्रदूषणले झिझ्याहट, मानसिक समस्या, गर्भवती महिलामा गर्भ खेर जाने समस्या, मुटुरोगीहरूमा समस्या, कान सुन्ने क्षमतामा कमी आउने, वृद्धवृद्धाहरूको स्वास्थ्यमा समस्या, बालबालिकामा राति बेचैनी र अनिद्रा हुने समस्या उत्पन्न हुन सक्छ। साथै, अनावश्यक अभद्र र उच्छृंखल गीत-संगीतले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्नेछ। यसले अस्पतालमा रहेका बिरामीहरू र विद्यालयमा पढिरहेका विद्यार्थीहरूमा पनि प्रतिकूल असर पार्न सक्छ।


नाबालिकाकी आमाले छोरीको चरित्र हत्या तथा मानसिक यातनाका सम्बन्धमा अनुसन्धान गर्न निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा अभियुक्त अजवानलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।


गत वर्षसम्म सीमावर्ती भारतको कङ्गालीबाट नेपालका सबैठवा, भेलाहीबाट धोरे, प्रसौनी, अमरपट्टी, सिकटाबाट भिस्वा, मैनाटार, इनर्वाबाट प्रसौता, जानकीटोला भएर नेपाल प्रवेश गरी दुग्धेश्वर महादेवको मेलामा सहभागी हुने गरेका भारतीय भक्तजनहरू यसपटक भिस्वा नाकाबाट मात्र प्रवेश दिइएको कारण कम सङ्ख्यामा आएका छन्। भारतीय सवारीसाधनहरू ट्याक्टर, सुमो, टेम्पो, ईरिक्शा, मोटरसाइकल, जीपकार भिस्वा नाकामा सवारीसाधन दर्ता गरेर प्रवेश गराइँदैछ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले आलमलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान पश्चात् मात्र विस्तृत जानकारी दिने बताउनुभएको छ। तर, आलमलाई नक्कली प्रहरीको आरोपमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा भने उहाँले कुनै उत्तर दिनुभएको छैन। साथै, कुन अभियोगमा आलमलाई पक्राउ गरिएको हो त्यो पनि खुलाइएको छैन।


प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।


बि 2 पानी उत्पादन गर्ने कम्पनी जीतपुर ७ मा अवस्थित छ। उपभोक्ताहरुले भने, यो भन्दा पहिला पनि एक पटक पानीको डब्बामा किरा निस्केको घटना भएको थियो। यस्ता घटनाहरु दोहोरिरहँदा स्थानीय जनतालाई गुणस्तरहीन पानी पिउन बाध्य पारिएको छ।


प्रदेश

;
;