७ चैत्र २०८२, शनिबार / 21 March 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतीय जनता पार्टीको निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगे

    • मो.सगिर अलि मो.सगिर अलि
    • today७ श्रावण २०८०

    नयाँ दिल्लीमा भाजपाका अध्यक्षसहित शीर्ष नेतासँग छलफल गर्दै माओवादी नेताहरू, उत्तराखण्ड पुगेर मुख्यमन्त्री धामीसँग पनि भेट्ने

    Ad
    Ad
    Ad

    भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। 

    Ad
    Ad
    Ad

     

    उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    भाजपालाई जान्नुस् (Know BJP)' अभियानअन्तर्गत राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाएका हुन्। भारतमा रहँदा माओवादी नेताहरूले भारतीय जनता पार्टीका अध्यक्ष नड्डा र अन्य वरिष्ठ नेताहरूसँग छलफल गर्ने विदेश विभाग प्रमुख चौथाइवालाले जानकारी दिएका छन्। 

     

    'यस भ्रमणको उद्देश्य पार्टी-पार्टीबीच अन्तरक्रिया बढाउन र प्रतिनिधिमण्डललाई भाजपाको दृष्टिकोण र कार्यप्रणाली बुझ्न सक्षम बनाउनु हो,' चौथाइवालाले भनेका छन्। 

     

    ६ दिने भ्रमणका क्रममा माओवादी नेताहरू दुई दिन उत्तराखण्डको समेत भ्रमण गर्नेछन्। त्यहाँ मुख्यमन्त्री पुष्करसिंह धामीसँग छलफल हुने चौथाइवालाले जानकारी दिएका छन्। माओवादी टोलीले उत्तराखण्डमा पनि भाजपाका नेता तथा राज्य पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। 

     

    भारतीय जनता पार्टीको ४३औं स्थापना दिवसमाको अवसरमा अध्यक्ष नड्डाले छिमेकी देशका सत्तारुढ दलहरूलाई बोलाएर यो अभियान सञ्चालन गरेका हुन्।

    ताजा सूचना

    • वीरगन्ज भन्सारबाट २० लाखभन्दा बढी अवैध रकमसहित व्यक्ति पक्राउ
    • वीरगन्जका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि कडा ‘डेडलाइन’ तोक्दै आज वीरगन्ज का विद्यालयहरूमा आकस्मिक अनुगमन
    • मदन भण्डारी राजमार्गमा तीव्र गति: रिडी–राजा खण्ड अन्तिम चरणमा, भेडुवा बजारमा कालोपत्रे सुरु
    • पोखरामा प्याराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिता एक्काईसौं नेपाल ओपन च्याम्पिएनसिप शुरु भएको छ
    • वीरगञ्जमा भन्सार र सशस्त्र प्रहरीको ठूलो कारबाही — ६ लाखभन्दा बढी मूल्यका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.