२१ पुष २०८२, सोमबार / 05 January 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशै भरी भाइदुज, भाइटीका र गोबर्धन पुजा मनाइदै ।।

    • रामाशंकर साह रामाशंकर साह
    • today२९ कार्तिक २०८०

    २९ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

           यम पञ्चककाे पाँचाै दिन आज मधेसी समुदायमा दिदी-बहिनीले आफना दाजुभाईकाे दीर्घायुकाे कामना गर्दै भईयादुज पर्ब मनाउँदैछन् । पहाडी समुदायमा मनाइँने भाई टिका जस्तै मधेसी समुदायका दिदी–बहिनीहरुले दाजु–भाईहरुको लामो दिर्घायुको कामना गर्दै आजका दिन यो पर्ब मनाइरहेका हुन् ।

    Ad
    Ad
    Ad

    दिदी–बहिनी तथा दाजुभाईहरु बिचको प्रेम एवं स्नेह यथावत राख्नका लागि भगवान गोबर्धन पूजाको भोलीपल्ट अर्थात आजका दिन बिहानै बिधिवत पूजा अर्चना गरि भईया दुज पर्ब मनाउने चलन मधेसी समुदायमा रहेको छ । दिदी–बहिनी र दाजु–भाईहरुबिचको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको भईया दुज पर्बमा दिदी–बहिनीहरुले पहिले भगवान गोवद्र्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईहरुको सबै दु : ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायूको कामना गर्दछन् ।

    Ad
    Ad
    Ad
    Ad

    आजका दिन सबेरै मधेसी समुदायका महिला तथा युवतीहरुले सामुहिँक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान गोवर्धनको पूजा–अर्चना सँगै पारम्परिक गीत समेत गाउने गर्दछन् । यस दिनमा दिदी–बहिनीहरुले रेंङ्गनीको काँडाले आफ्ना जिब्रामा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुन : श्राप मुक्त गर्दछन् । 

            प्राचीन काल देखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजा गरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु हुने भएकोले गीत समेत गाउँने गर्दछन् । गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई केराउकाे दाना र मिठाई बजडीको रुपमा खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजडी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयूको आशिर्वाद समेत दिने गर्दछन् । दिदी–बहिनीले बजडी खुवाएपछि दाजुभाइलेपनि आफ्नाे गच्छे अनुसारकाे उपहार दिदी-बहिनीलाई दिने चलन छ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने
    • हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने
    • मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त
    • पूर्वमन्त्री राजकुमार गुप्ताको नाम कालोसूचीमा, प्राविधिक त्रुटिको दाबीले निर्वाचन आयोग दबाबमा
    • प्याप्सनमा नयाँ युगको सुरुवात : राहुल श्रीवास्तवको नेतृत्वले राष्ट्रिय चर्चा पायो।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.