प्रभू हास्पिटलद्वारा तेस्रो वार्षिक उत्सवको शूभ अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
-
रामाशंकर साह
- today२९ आश्विन २०७९
दिनेश मिश्र, २९ असोज । प्रभू हस्पिटलले आफनो तेस्रो वार्षिक उत्सवको शूभ अवसरमा सप्ताह व्यापि कार्यक्रम गर्दै आइरहेको थियो ।
हस्पिटलले गत शूक्रबार अहिलेसम्म सहयोग गर्दै आइरहेका विभिन्न सामाजिक, राजिनितक, तथा हस्पिटललाई बनाउन योगदान पूरयाएका व्यक्तिलाई सम्मानित गरेका थियो ।
डेगीको प्रकोपले गर्दा रगतको अभाव र समाजसेवाबाट प्रभावित हस्पिटलले आज सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १२ जना महिला सहित ५४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमका प्रमूख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमूख जिल्ला अधिकारी उमेश ढकालले सम्बोधन गर्दै रक्तदान सबैभन्दा ठूलो दान हो भनेर यस्तो कार्यक्रमको आयोजनामा उत्सूकताका साथ सहभागी हूने गरेको छू ।
हस्पिटलका संचालिका तथा बरीष्ठ गाइनाक्लोजिष्ट डा. लक्ष्मी गूप्ताले प्रत्येक वर्ष झै यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । यसले रगत अभावको बेला रक्तदानले मदत पूरयाउने उदेश्यले नै हो । यस्तो कायक्रम हरेक संघसंस्थाले गर्नू पर्ने आवश्यक रहेको जानकारी दिए ।