२१ मंसिर २०८२, आइतबार / 07 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘द भ्वाइस’ जितेर नेपाल घुम्न आउन निम्तोसहित बालेनले दिए परिजितालाई शुभकामना

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today७ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    काठमाडौं , मंसिर ८ । द भ्वाइसको अमेरिकी संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलालाई काठमाडौं महानगर प्रमुख तथा गायक बालेन साहसहितका सेलिब्रिटीले शुभकामना दिएका छन् ।

    Ad
    Ad
    Ad

    बालेन र परिजिताबीच केही दिनअघि भर्चुअल मिटिङ भएको थियो । उक्त अवसरमा ‘नेपहपको श्रीपेच’का निर्णायक समेत रहेका बालेनले परिजितालाई जितको शुभकामना दिए ।

    Ad
    Ad
    Ad
    Ad

    परिजिताको प्रस्तुतिबाट नेपालले गर्व गरेको भन्दै मेयर बालेनले यसबाट नेपाली सांगीतिक क्षेत्र र संस्कृतिलाई प्रवर्द्धन गर्न मद्दत पुगेको बताएका थिए ।

    परिजिताले आफूले बालेनको गीत ‘सावेज’ सुनेको बताइन् । बालेनले आफू अहिले पनि संगीत क्षेत्रमै आबद्ध रहेको बताए । समय नमिलेर अहिले छायांकन गर्न नपाएको र समय मिलेपछि नयाँ हिपहप गीतलाई बजारमा ल्याउने कुरा बालेनले बताएका छन् ।

    बालेनले परिजितालाई नेपाली बोल्नुहुन्छ भनेर सोधेका थिए भने जवाफमा परिजिताले आफ्नो पहिलो भाषा नेपाली नै भएको भनेर जवाफ दिएकी थिइन् । द भ्वाइसपछि समय मिलाएर नेपाल घुम्न आउने परिजिताले जानकारी दिएकी थिइन् ।

    यसैबीच, परिजितालाई हलिउड फेसन डिजाइनर प्रबल गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गायक दीपक बज्राचार्य, गायिका अभया सुब्बा लगायतले समेत शुभकामना दिएका छन् ।

    द भ्वाइसको अमेरिकी संस्करणमा आज (सोमबार)देखि लाइभ शो सुरु हुँदैछ, जहाँ परिजिताले पनि प्रस्तुति दिंदैछिन् ।

     

    ताजा सूचना

    • सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड
    • देशभर सनसनी! बुर्का लगाइ नाबालिगलाई नेपाल तस्करीको प्रयास– रक्सौल सीमा नजिक SSB ले पर्दाफाश!
    • मधेशमा दुई महिनामा तीन मुख्यमन्त्रीको राजीनामा, फेरि सुरु राजनीतिक भ्रमजाल
    • बाल–विवाहविरुद्ध जनचेतना : सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा प्रभावकारी कार्यक्रम सम्पन्न
    • ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगन्ज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.