२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

    • रामाशंकर साह रामाशंकर साह
    • today२६ असार २०८२

    काठमाडौँ, असार २६ — हरेक वर्ष तीजको अवसर पारेर सार्वजनिक गरिने छाडा, अश्लील र सांस्कृतिक विकृति फैलाउने गीतहरूविरुद्ध राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कडा आपत्ति जनाउँदै गृहमन्त्री रमेश लेखकलाई भेट गरी १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। संस्थाले गृहमन्त्रीसँगको भेटमा तीज पर्वको मौलिकता, मर्यादा र सांस्कृतिक मूल्यहरूमाथि प्रहार हुने गरी बनाइने गीत-संगीतले समाजमा गलत सन्देश फैलाइरहेको भन्दै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको हो।

    Ad
    Ad

    लोक सञ्चारकर्मीहरूले संस्कृति, परम्परा र नारी गरिमालाई भड्किलो प्रदर्शनमार्फत अपमान गर्ने प्रवृत्ति बढ्दो रहेकाले अब कडा कदम चाल्नुपर्नेमा जोड दिए। ज्ञापनपत्रमा तीजको नाममा सार्वजनिक गरिने अश्लील गीत तथा भिडियो सामग्री युट्युब र सामाजिक सञ्जालबाट हटाउन, त्यस्ता सामग्री उत्पादन तथा प्रचारमा संलग्न सर्जक, गायक, निर्माता र मिडियामाथि कानुनी कारबाही गर्न र सामग्री पास गर्ने निकायलाई पनि उत्तरदायी बनाउनु पर्ने मागहरू उठाइएको छ।

    Ad
    Ad

    साथसाथै, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्न सरकारी तवरबाट चेतनामूलक अभियान सुरु गर्न र पाठ्यक्रममै संस्कृति सम्बन्धी शिक्षा समावेश गर्नुपर्ने सुझाव दिइएको छ। गृहमन्त्री लेखकले प्रतिनिधिमण्डलसँगको भेटमा संस्कृति, कला र नारी गरिमामाथि प्रहार हुने कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने स्पष्ट पार्दै आवश्यक कानुनी प्रक्रिया तत्काल अघि बढाइने प्रतिबद्धता जनाए।

    Ad

    lउनले सांस्कृतिक विषयप्रति सरकार गम्भीर रहेको बताउँदै यस्ता विषयमा व्यापक समन्वयका साथ तत्कालीन कारबाही हुने आश्वासन पनि दिए। संस्थाले भने चेतावनीको स्वरमा भन्यो, “यदि सरकार गम्भीर भएन भने हामी देशव्यापी सांस्कृतिक चेतना अभियान सञ्चालन गर्न बाध्य हुनेछौं।” तीज जस्ता पर्वहरू नारी सशक्तिकरण, आस्था र परम्पराको प्रतीक भएको स्मरण गराउँदै संस्थाले छाडा गीतहरू तीजको नाममा मनोरञ्जन हैन, सांस्कृतिक अपराध भएको दाबी गरेको छ।

    ताजा सूचना

    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    • आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन
    • जेन्जी आन्दोलन : तस्बिरमा हेर्नुहोस् सिंहदरबारको पर्खालमा लेखिएको आक्रोश
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.