४ आश्विन २०८३, आइतबार / 20 September 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     जुम्ला,२८ मंसिर । जुम्लाको तातोपानी–७ ताम्ती गाउँका दुर्गा रावतका ३ वटा बच्चा खेर गए । सानै उमेरमा बालविवाह गरेको उनको दम्पतीले तीनवटा सन्तान बचाउन सकेनन् ।

    Ad
    Ad
    Ad

    प्रजनन्का लागि उमेर परिपक्क नहुँदा ३ वटा सन्तान खेर गएको दुर्गाले सुनाए । ‘कहिले निकै कम तौलका बच्चा जन्मिने कहिले मृत बच्चा जन्मिँदा तीन सन्तान मरिसके, चेतनाको अभावले बालविवाह गरियो,’ उनले भने, ‘तीनवटा सन्तानले मृत्युवरण गर्दा यो बालविवाह होइन, ‘काल विवाह’ हो जस्तो लाग्यो ।’

    Ad
    Ad
    Ad
    Ad

    बालविवाहले दुःख खेपेका दुर्गा अहिले अरूलाई उमेर पुगेपछि मात्रै विवाह गर्न प्रेरित गरिरहेकी छन् । त्यसो त दुगर्न मात्रै होइनन्, बालविवाह गरिएकै कारण दुःख र कष्टको भारी बोकेर थाकेका पछिल्लो पुस्तालाई बालविवाह नगर्न सन्देश फैलाइरहेका छन् । व्यक्ति मात्रै नभएर जुम्लाका आठै स्थानीय तह र विभिन्न गैरसरकारी संघसंस्थाहरू पनि बालविवाह न्यूनीकरणमा लागिरहेका छन् ।

    अशिक्षा, गरिबी र अन्धविश्वासले बालविवाह जस्तो परम्परागत हानिकारक अभ्यासले निरन्तरता पाइरहेको छ । यसलाई रोक्न जुम्लाका स्थानीय तह सक्रिय छन् । बस्ती बस्तीमा पुगेर सडक नाटकको माध्यमबाट बालविवाह रोक्न जनचेतना फैलाउने अभियानको थालनी गरिएको पातारासी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् ।

    बालविवाहले चौतर्फी असर गरिहरेकाले यसविरुद्ध विभिन्न कसरत भइरहेको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन् । ‘विद्यालय पढ्दा पढ्दै विवाह गर्ने, फुर्सदमा पछुताउने धेरै छन्, मेरो पहिलो प्राथमिकता बालविवाह अन्त्य गर्नमा जोड हुने छ, मेरो कार्यकाल बालविवाहलगायतका कुसंस्कार न्यूनीकरणमा केन्द्रित हुने छ,’ उपाध्यक्ष रोकायाले भनिन् ।

    जनप्रतिनिधि मात्रै होइन, बालविवाह रोक्नका लागि गैरसरकारी संघ संस्था पनि कम्मर कसेर लागेका छन् । आत्मसम्मानका लागि क्याड नेपालले जुम्लाको सिंजा क्षेत्रको तीन पालिकामा कुरीतिविरुद्ध काम गर्दै आएको छ । कनका सुन्दरी, हिमा र सिँजा गाउँपालिकामा बालविवाहलगायतका परम्परागत हानिकारक अभ्यासविरुद्ध स्थानीयलाई जागरुक बनाउन क्याडले भूमिका खेलेको स्थानीय झममाया आचार्यले बताइन् ।

    ‘क्याड नेपालले आमा समूह, बाल क्लव, युवा क्लवलाई सक्रिय बनाएर बालविवाह रोक्नअघि सारेको छ, विगतको भन्दा अहिले कुरीति न्यूनीकरण हँुदै गएको छ,’ उनले भनिन् ।

    सिंजा क्षेत्रका तीन पालिकामा अन्तरपुस्ता संवाद, कुरीतिको विगत र वर्तमान’bout अन्र्तक्रिया जस्ता कार्यक्रम पटक पटक सञ्चालन गरिँदै आएको क्याड नेपालका सहजकर्ता शेरबहादुर रोकायाले बताए ।

    किशोरीलाई परिवर्तनका संवाहकका रुपमा सक्रिय बनाएको समेत उनले बताए । छाउपडी, बालविवाह, छुवाछुतलगायतका कुसंस्कार अन्त्यका लागि किशोर किशोरी, बालक्लव, युवा क्लव तथा आमा समूहलाई जिम्मेवार बनाइएको समेत उनले बताए ।

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.