१० माघ २०८२, शनिबार / 24 January 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १० वर्षपछि रंगशालामा कन्सर्ट हुँदै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२० भदौ २०७९

    काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

    Ad
    Ad
    Ad

    उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको पार्टी नेपालका श्री गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । नितेशजङ कुँवरले यस कार्यक्रममार्फत् तीन वर्षपछि स्टेजमा चढ्न पाउँदा आफू असाध्यै खुसी भएको बताएका छन् ।

    Ad
    Ad
    Ad

    कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । यसमा २० हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    उक्त कन्सर्टको टिकटको मूल्य १ हजार देखि पाँच हजारसम्मको हुने जानकारी दिइएको छ । 

    ताजा सूचना

    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.