४ आश्विन २०८३, आइतबार / 20 September 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रोगको प्रकोपले रित्तियो लामीडाँडाको सुन्तला बगान

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    खोटाङ,  २२ पुस l कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो । हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे ।सुन्तला उत्पादनबाट लामीडाँडाका किसानले लोभलाग्दो आर्थिक उपार्जन गर्थे । लामीडाँडाको सयौं रोपनी जग्गामा लगाइएका सुन्तलाको हरियो झाङको दृश्य टाढा–टाढाबाट मनमोहक देखिन्थ्यो ।

    Ad
    Ad
    Ad

    किसानको मुख्य आय श्रोत तिनै रहरलाग्दो सुन्तला बगान थियो । तर विगत दशक यता लामीडाँडाका सुन्तला क्रमशः मर्न थाले । निरन्तर बोट मर्न थालेपछि ८र९ वर्षकै अवधिमा लामीडाँडामा सुन्तला बगान रित्तिएको स्थानीय शिवकुमार बिश्वकर्माले बताए । अहिले बगानमा सुन्तलाको मरिसकेका र केही मर्न लागेका बोट मात्र बाँकी छन् । सुन्तलाको बोटले हरियाली देखिने लामीडाँडाको नांगो बनेको छ । शहर बजारसम्म पुर्‍याएर सुन्तला बिक्री गरेर पैसा हात पार्ने किसान उल्टै सुन्तला किनेर चाख्नुपर्ने अवस्थामा पुगेका छन् ।

    Ad
    Ad
    Ad

    जिल्लाकै पुरानो बिमानस्थल रहेको लामीडाँडाका हरेक घरमा सुन्तला खेती थियो । प्रायः सबै घरमा कम्तीमा ३०–४० बोट सुन्तला लगाइएको थियो । रेवतीरमण पोखरेल, जयप्रसाद भट्टराई, ताराबहादुर श्रेष्ठ, गुञ्जबहादुर श्रेष्ठ, खिलाबहादुर श्रेष्ठ, लछुमन श्रेष्ठ, खिला राना मगर लगायत सुन्तला उत्पादनमा कहलिएका किसान थिए । तर अहिले सबैको बगान रित्तिएको छ । सुन्तलाको मरेका बोट ढालेर दाउरा बाल्ने गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    लामीडाँडामा लगाइएको सुन्तलामा ऐझेरु पलाउने, जरामा घ्यु कमिला लाग्ने, जरामा रोग लागेर छिन्ने, डाँक्ला कुहिने, पात पहेँलो हुँदै जाने, टुप्पाबाट पहेँलो हुँदै जाने र बोट मर्ने, दाना राम्ररी नपाक्ने, एउटै दानाको एकातिर पाकेको र अर्कोतिर काँचो हुने, बीचबाट दुई फ्याक बनाउँदा एकातिर ठूलो र अर्कोतिर सानो भाग देखिने समस्या देखिएको छ । विशेषगरी २०७२ सालको भूकम्पपछि क्रमशः सुन्तलाको बोट मर्न सुरु गरेको स्थानीय पुस्तनारायण श्रेष्ठले बताए ।

    लामीडाँडामा उत्पादित सुन्तला डोकोमा बोकेर खोटाङकै विभिन्न हाटबजारदेखि ओखलढुंगा, सोलुखुम्बुसम्म पुर्‍याइन्थे । लामीडाँडाको सुन्तला भनेपछि ग्राहकको पहिलो रोजाईमा पथ्र्यो । अधिकांश हिस्सा भने हवाईजहाज र हेलीकोप्टरमार्फत काठ्माण्डौं–बिराटनगर पुग्थ्यो । कोसेलीका रुपमा उत्तिकै प्रयोग हुन्थ्यो । खपत नभएका सुन्तला रक्सी उत्पादनमा प्रयोग हुन्थ्यो । अहिले लामीडाँडाको सुन्तला बगानको विषय एकादेशको कथाझैं बनिसकेको छ । किसानले पुरानो बोट मरेको ठाउँमा नयाँ बोट हाल्ने प्रयास नगरेका भने होईनन् तर नयाँ बिरुवा पनि हुर्कन नपाउँदै मर्ने गरेको छ । रोपेका नयाँ बिरुवा पहेँलिएर मर्ने गरेको छ । सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने, डाँठ कुहिने, टुप्पाबाट मर्दै जाने लगायतका समस्याबाट सुन्तलाको बगान रित्तिएको कृषि ज्ञान केन्द्र खोटाङका वाली संरक्षण अधिकृत रामनन्दन यादव बताउँछन् ।

    रोगको प्रकोपका कारण लामीडाँडाको मात्र नभएर समग्र जिल्लाकै सुन्तला उत्पादनमा र्‍हास आइरहेको छ । औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने लगायतका रोगका कारण सुन्तला बगान रित्तिएपछि कृषि ज्ञान केन्द्रले किसानलाई विषादि तथा उपकरण वितरण गरिरहेको छ ।

    ईकोहिमाल नामक संस्थाको पहलमा २०७८ कात्तिक २७ गते नमूना संकलन गरेर लागि पिसिआर परीक्षणका लागि २०७८ पुस २९ गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, विश्लेषणात्मक सेवा केन्द्र, खुमलटार पठाउँदा लामीडाँडाका ६ मध्ये ५ नमूनामा सिट्रस ग्रिनिङ पोजेटिभ पूष्टि भएको थियो । रित्तिएको सुन्तला बगानलाई पुःन जगाउनका लागि कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा औषधि तथा उपकरण वितरण गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.