महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान १२.१५ सेकेण्डमा दौड पूरा : नवौं राष्ट्रिय खेलकुद
-
अग्निपथ सम्बादाता
- today२८ आश्विन २०७९
पोखरा २९ असोज। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।
उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।
यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन् ।
‘म तेक्वान्दो खेलाडी पनि हो । तेक्वान्दो नियमित खेल्थेँ । म टच ब्ल्याकबेल्ट हुँ । तर एथलेटिक्स चाहिं प्रतियोगिता हुँदा मात्र खेल्ने हो । मलाई पद्यमा चौधरी गुरुले प्रशिक्षण गराउनुभएको थियो । स्कुलमा चाहिं वसन्त वली गुरुले सिकाउनुभएको हो,’ निशाले भनिन्
६ कक्षा पढ्दादेखि नै यो प्रतियोगितामा सहभागी भए पनि स्वर्ण जित्न सकेकी थिइनन् । कोरोना महामारीका कारण पछिल्ला दुई संस्करण प्रतियोगिता आयोजना हुन सकेन । ‘स्वर्ण जित्छुजस्तो त लागेको थियो । तर, कीर्तिमान नै बन्छ भन्ने लागेको थिएन,’ उनले भनिन्, ‘ट्रेनिङमा मैले ५ मिटर ३२ सेन्टिमिटरसम्म गरिरहेको थिएँ । यहाँ सजिलो हुने रहेछ ।