२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्रीको निगरानी निजी क्षेत्रमा मात्र सीमित, सरकारी सेवामा लापरवाही र डाक्टरको दोहोरो भूमिका अझै बेपरवाहीमै अनुगमन कहिले ?

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ बैशाख २०८२

    जनकपुरधाम —मधेस  प्रदेशका मुख्यमन्त्री पछिल्ला दिनमा प्राइभेट अस्पतालहरूमा धडाधड छापा मार्दै अनियमितता विरुद्ध कडा कदम चालिरहेका छन्। आवश्यक मापदण्ड नपुगेका अस्पतालहरूलाई सिलबन्दीसमेत गरिएको छ, जसले आम नागरिकमा आशा जगाएको छ।

    Ad
    Ad
    Ad

    तर अर्कोतर्फ, सरकारकै स्वामित्वमा रहेका अस्पतालहरूमा देखिएको चरम लापरवाहीमाथि भने मुख्यमन्त्रीको मौनता प्रश्नको विषय बनेको छ। जनकपुरस्थित प्रमुख सरकारी अस्पतालमा महिनौँदेखि एक्सरे मेसिन बिग्रिएको छ। एमआरआई जस्तो अत्यावश्यक उपकरणसमेत काम नलाग्ने अवस्थामा छन्। बिरामीहरू निजी अस्पताल धाइरहेका छन्, जहाँ खर्च तिरेर सेवा लिनु बाध्यता बनेको छ। अझै गम्भीर कुरा — सरकारी तलब खाने कतिपय डाक्टरहरू ड्युटी समयमा प्राइभेट क्लिनिकमै व्यस्त देखिन्छन्। सेवाबाट पाएको सुविधा लिने तर जिम्मेवारीमा बेवास्ता गर्ने यस्ता चिकित्सकमाथि न त अनुसन्धान सुरु भएको छ, न कारबाही। सार्वजनिक स्वास्थ्य सेवा अस्तव्यस्त हुँदा पनि मुख्यमन्त्रीको ध्यान किन सरकारी संयन्त्र सुधारतर्फ छैन? आम नागरिकको गुनासो छ — "प्राइभेटमा छापा ठीक हो, तर सरकारी अस्पतालको लापरवाही कहिलेसम्म यत्तिकै?" मुख्यमन्त्रीको नैतिक साहस अब सरकारी स्वास्थ्य संयन्त्र सुधारमा पनि देखियोस् भन्ने अपेक्षा देशभरि बढिरहेको छ। केवल सन्देश दिने होइन, व्यवस्था सुधार्ने साहस देखाउने बेला आएको छ। – नागरिकको आवाज अहिले प्रश्नमा छ: सरकारको जवाफ कहिले आउने ?

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.