३ जेठ २०८३, आइतबार / 17 May 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अभिनेता शाहरुखलाई जिउँदै जलाउने धम्की दिए यी गुरुले

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    मुम्बई, ६ पुस बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ माथि भइरहेको विवाद अझै रोकिने छाँटकाट छैन । फिल्मको पहिलो गीत ‘बेशर्म रंग’ रिलिज हुनासाथ गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएर बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको हो ।

    Ad
    Ad
    Ad

    भारतमा अधिकांश ठाउँमा यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ । शाहरुख र दीपिकासहित फिल्मको टिमका सदस्यविरुद्ध उजुरी पनि पर्न थालेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    अब भने फिल्मको विरोध गरिरहेका सन्त जगतगुरु परमहंस आचार्यले शाहरुखलाई जिउँदै जलाउने धम्की दिएका छन् । ‘फिल्म पठानमा भगवा रंगको अपमान गरिएको छ । उनीहरुले हिन्दुको भावनालाई आहत बनाउन यसो गरेका हुन् । पैसा कमाउनका लागि मानिसले धन्दा बनाइसकेका छन् । यसकारण हामीले शाहरुख खानको पोस्टर जलायौं र म शाहरुख खानलाई खोजिरहेको छु । जुन दिन उसलाई भेट्छु, त्यो जिहादीको छाला तासेर जिउँदै जलाउँछु’, उनले भनेका छन् ।

    उनले आफ्ना मानिसहरुले शाहरुखलाई मुम्बईमा खोजिरहेको खुलाउँदै कोहीले शाहरुखलाई जिउँदै आफ्नो अगाडि ल्याए उसको परिवारलाई आर्थिक मद्दत गर्ने बताएका छन् । आचार्यले शाहरुखलाई भगवासँग घृणा भएको भए उनको धमिनीमा बग्नेवाला रंग पनि भगवा नै रहेको दाबी गरेका छन् ।

    ‘भगवाको बिना कसैको अस्तित्व सम्भव छैन । सूर्यको रंग भगवा, अग्निको रंग भगवा, भगवा शान्तिको प्रतीक हो र सबै सनातन धर्म मान्नेका लागि आन बान शान भगवा हो । भगवाको अपमान असह्य हुनेछ’, उनले भनेका छन् ।

    उनले शाहरुखले आफ्नो धर्म इस्लामप्रति कुनै वेबसिरिज र फिल्म नबनाएकाले उनलाई हलाला, तीन तलाक र पैगम्बर मुहम्मदको जीवनमा आधारित फिल्म बनाउन चुनौती दिएका छन् ।

    ताजा सूचना

    • पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
    • संसद् सचिवालयले ल्यायो असार ८ सम्मको क्यालेन्डर, छैन प्रधानमन्त्री बालेनको सम्बोधनको विषय
    • सिद्धार्थ भिलासा भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एण्ड फन’
    • वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा
    • वीरगञ्जमा श्री बौद्धिमाई मन्दिर विकासका लागि विशेष अधिवेशन हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.