३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली कांग्रेसमा बाढीजस्तै प्रवेश, पानी समस्यामाथि कडा टिप्पणी गर्दै अनिल रुङ्गटाले दिए चेतावनी

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२८ असार २०८२

    पर्सा — नेपाली कांग्रेस वडा नं. २१ को बुथ समितिको आयोजनामा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा अन्य दल परित्याग गरेर करिब सयौं महिला तथा पुरुष नेपाली कांग्रेसमा प्रवेश गरेपछि कार्यक्रम उत्साहजनक र सशक्त प्रदर्शनमा परिणत भयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्गटा रहे भने विशिष्ट अतिथिमा पार्टीका जिल्ला तथा नगरका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त अवसरमा बोल्दै रुङ्गटाले हाल देशभर देखिएको पानीको संकटप्रति कडा असन्तोष जनाए।

    Ad
    Ad
    Ad

    “पानीको यति जटिल अवस्थामा मन्त्रीहरू भाषण र फोटो सेसनमै सीमित छन्,” उनले भने, “यो डिप बोरिङ पुस-माघमै हुनुपर्ने थियो, अब त जनताको सहनशीलता सकिँदैछ।” रुङ्गटाले तत्काल समस्या समाधान गर्न र नगरवासीको पीडा बुझ्न आग्रह गर्दै उपप्रमुख इम्तियाज आलमलाई कडै निर्देशनसमेत दिए।

    Ad
    Ad
    Ad

    त्यसै क्रममा उपप्रमुख आलमले पानीको समस्या समाधानका लागि सम्बद्ध निकायका कर्मचारीहरूसँग छलफल अघि बढाइएको र चाँडै समाधान हुने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पर्साका कार्यवाहक सभापति राम नारायण कुर्मी, जिल्ला सचिव तथा उपप्रमुख इम्तियाज आलम, क्षेत्र नं. २ का सभापति महमद सहाबुदिन, क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह, नगर उपसभापति सर्जुग महतो, मुस्लिम संघका सभापति हबिब मिया, महिला सभापति किरण शर्मा, जतन कुर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    वडा नं. २१ का बुथ सभापति रामनारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी जनसाधारणले नेतृत्वप्रति आशा र विश्वास व्यक्त गरेका थिए। यो कार्यक्रमले न केवल नेपाली कांग्रेसको जनाधार बलियो भएको सन्देश दिएको छ, तर जनजीवनका संवेदनशील मुद्दामा पार्टी नेतृत्वको चासो र सक्रियतालाई पनि प्रमाणित गरेको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.