१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली कांग्रेसमा बाढीजस्तै प्रवेश, पानी समस्यामाथि कडा टिप्पणी गर्दै अनिल रुङ्गटाले दिए चेतावनी

    • अमन गुप्ता अमन गुप्ता
    • today२८ असार २०८२

    पर्सा — नेपाली कांग्रेस वडा नं. २१ को बुथ समितिको आयोजनामा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा अन्य दल परित्याग गरेर करिब सयौं महिला तथा पुरुष नेपाली कांग्रेसमा प्रवेश गरेपछि कार्यक्रम उत्साहजनक र सशक्त प्रदर्शनमा परिणत भयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्गटा रहे भने विशिष्ट अतिथिमा पार्टीका जिल्ला तथा नगरका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त अवसरमा बोल्दै रुङ्गटाले हाल देशभर देखिएको पानीको संकटप्रति कडा असन्तोष जनाए।

    Ad
    Ad
    Ad

    “पानीको यति जटिल अवस्थामा मन्त्रीहरू भाषण र फोटो सेसनमै सीमित छन्,” उनले भने, “यो डिप बोरिङ पुस-माघमै हुनुपर्ने थियो, अब त जनताको सहनशीलता सकिँदैछ।” रुङ्गटाले तत्काल समस्या समाधान गर्न र नगरवासीको पीडा बुझ्न आग्रह गर्दै उपप्रमुख इम्तियाज आलमलाई कडै निर्देशनसमेत दिए।

    Ad
    Ad
    Ad

    त्यसै क्रममा उपप्रमुख आलमले पानीको समस्या समाधानका लागि सम्बद्ध निकायका कर्मचारीहरूसँग छलफल अघि बढाइएको र चाँडै समाधान हुने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पर्साका कार्यवाहक सभापति राम नारायण कुर्मी, जिल्ला सचिव तथा उपप्रमुख इम्तियाज आलम, क्षेत्र नं. २ का सभापति महमद सहाबुदिन, क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह, नगर उपसभापति सर्जुग महतो, मुस्लिम संघका सभापति हबिब मिया, महिला सभापति किरण शर्मा, जतन कुर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    वडा नं. २१ का बुथ सभापति रामनारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी जनसाधारणले नेतृत्वप्रति आशा र विश्वास व्यक्त गरेका थिए। यो कार्यक्रमले न केवल नेपाली कांग्रेसको जनाधार बलियो भएको सन्देश दिएको छ, तर जनजीवनका संवेदनशील मुद्दामा पार्टी नेतृत्वको चासो र सक्रियतालाई पनि प्रमाणित गरेको छ।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.