२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२१ मंसिर २०८०

    २१ मङ्सिर काठमाडौं  // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फर्माकाेलोजी विभागले ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा  ल्याएको छ। 

    Ad
    Ad
    Ad

    विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाउन र मृत्युदर कम गर्ने उद्देश्यले सेन्टरको स्थापना गरिएको हो।

    Ad
    Ad
    Ad
    Ad

     बिहीबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ ( बिष सूचना केन्द्र)को उद्घाटन गर्नुभएको हो। 

    कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रि.वि. शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय काम गरेको बताउनुभयो। 

    देशका सात सय ५३ पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ बिगतमा एकै साथ शिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका विषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताउनुभयो। 

    आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएकाले निकट भविष्यमै स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न लागेको बस्नेतले दाबी गर्नुभयो। 

    ‘‘स्वास्थ्य क्षेत्रमा वि.सं. २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी बढ्न सकेको छैन’’, मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यो पटक धेरै मेहनतपछि दरबन्दी थप हुने कुराको टुङ्गो लागेको छ। सङ्ख्याका विषयमा छिट्टै जानकारी आउला। ’’

     नेपालमा बर्सेनि छ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिनुभयो। 

    कार्यक्रममा डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताउनुभयो। उहाँले विष सेवनपछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दाबी गर्नुभयो।

     

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.