२१ माघ २०८२, बुधवार / 04 February 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नवौं राष्ट्रिय खेलकुद : वर्षाका कारण सबै खेल प्रभावित

    • Agnipathmedia Editor Agnipathmedia Editor
    • today२४ भदौ २०७९

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा शुक्रवार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।

    Ad
    Ad
    Ad

    सोही वर्षाका कारण सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबिचको दोस्रो खेल पनि प्रभावित भयो । उक्त खेल टस नै नभई रद्ध भएको हो । वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । एनआरएनएका कप्तान सुनाम गौतमले ४५ रन बनाएर अविजित थिए । पृथु बाँस्कोटा २६ रनमा अविजित थिए । यस खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक/एक अंक बाडेका छन् । यससँगै एनआरएनएले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई हराएको थियो । एनआरएनए समूहको शीर्ष स्थानमा रहेको छ । एपीएफले १ खेलमा १ अंक जोडेको छ ।

    Ad
    Ad
    Ad

    वर्षाकै कारण मुलपानी क्रिकेट मैदानमा तय भएका नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा त्रिभूवन आर्मी र कर्णालीबीचको खेल पनि रद्ध भएको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भएको हो । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.