२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "मेरो आवाज होइन, प्रमाण खोज्नुस्!" — मन्त्री राजकुमार गुप्ताको स्पष्टिकरण

    • बिराज यादव बिराज यादव
    • today२९ असार २०८२

    काठमाडौं, नेपाल — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय विभिन्न मिडियामार्फत आफूलाई जोडेर सार्वजनिक गरिएका समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले ती समाचारहरूलाई "प्रायोजित, निराधार र चरित्र हत्या गर्ने षड्यन्त्र"को संज्ञा दिँदै सत्य र प्रमाणमा आधारित पत्रकारिता गर्न मिडियालाई खुला चुनौती दिएका छन्।

    Ad
    Ad
    Ad

    गम्भीर आरोपहरूबारे मन्त्रीको पाँच प्रश्नीय स्पष्टिकरण: मन्त्री गुप्ताले एक प्रेस वक्तव्यमार्फत पाँचवटा स्पष्ट प्रश्न सार्वजनिक गर्दै ती कुरामा मिडियाले प्रमाण खोज्नुपर्ने माग गरेका छन्:1. सरुवा वा नियुक्तिका प्रक्रियामा संलग्न बिचौलिया वा प्रभाव पार्न खोज्ने व्यक्तिहरू को हुन्?

    Ad
    Ad
    Ad

    2. सार्वजनिक गरिएका नोटसहितको भिडियो/फोटो कुन कार्यालयको हो? त्यो टेबल मन्त्रीको कार्यकक्षमा कहिल्यै नरहेको दाबी।

    Ad
    Ad
    Ad
    Ad

    3. अख्तियारलाई नोटको नम्बरसहित निवेदन गरिएको भनिए पनि ती नोटहरू अहिले कहाँ छन् र कसले दियो भन्ने अज्ञात छ।

    4. नियुक्तिमा प्रभाव पारिएको भनिएका कर्मचारीहरूसँग मन्त्रीको कुनै सरोकार नरहेको दाबी।

    5. आफ्नो भनिएको अडियो एआई प्रविधिबाट नक्कल गरिएको हुनसक्ने भन्दै गुप्ताले दाबी गरे, "यो मेरो आवाज होइन, यसको प्रमाण को दिन्छ?"

    पत्रकारिताप्रति सम्मान, तर... गुप्ताले राज्यको चौथो अंगको रूपमा पत्रकारिता पेशाप्रति आफ्नो उच्च सम्मान रहेको दोहोर्‍याउँदै भने— “तर चरित्र हत्या, राजनीतिक षड्यन्त्र र व्यक्तिगत प्रतिष्ठा ध्वस्त पार्ने समाचारहरूलाई अब चुपचाप सहेर बस्दिन।” उहाँले सबै सञ्चारमाध्यमहरूलाई निष्पक्ष, जिम्मेवार र प्रमाणमा आधारित समाचार प्रवाह गर्न आह्वान गर्दै सत्यको खोजीमा सरकार सधैं सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

    सन्देश स्पष्ट छ—दोषीलाई कारबाही, निर्दोषलाई संरक्षण। नेपालको लोकतन्त्र बलियो बनाउन यस्ता स्पष्टिकरणहरूलाई राजनीतिक हिसाबले मात्र नभई न्यायिक प्रक्रियाका सन्दर्भमा पनि हेर्नु आवश्यक देखिन्छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.