नायिका उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा खुट्टाको भागमा परेकाे भन्दै तानियो विवादमा…
-
अग्निपथ सम्बादाता
- today२२ मंसिर २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
मंसिर २३ l नायिका उपासना सिंह ठकुरीले ‘डिसेम्बर फल्स’को गीतमा लगाएको पहिरनको विरोध सुरु भएको छ । उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भु मन्दिरको चित्र प्रयोग गरिएको छ ।
कतिपयले खुट्टाको भागमा मन्दिर, बौद्ध स्तुपाको प्रयोग गरिएको भन्दै आलोचना पनि गरेका छन् । कतिपयले भने उपासनाको पहिरनको प्रशंसा गरेका छन् ।
जहा उनले भगवानको अबमुल्यन गरेको भन्दै विरोध गरिएको छ । भिडियो छायांकनका क्रममा उपासनाले टिकटकमा पोष्ट गरे पछि विरोध जनाउने खालको प्रतिकृया आएको हो ।