स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण र रोकथामका लागि विभिन्न कदम चालेको छ। जनतालाई लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल प्रयोग गर्न, लामखुट्टेको प्रजनन स्थलहरु जस्तै पानी जमेको स्थानहरु सफा राख्न, र घर वरिपरि सरसफाइ गर्न आग्रह गरिएको छ। साथै, मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई डेंगुको सही उपचार र व्यवस्थापनका लागि प्रशिक्षण दिइरहेको छ।
पर्सा जिल्लामा मात्रै २६ करोड ३३ लाख ८३ हजार ८३० रुपैयाँ मागदावी भएकोमा १४ करोड ५१ लाख १४ हजार ३५९ बिगो रकममा मेलमिलाप भएको छ। सबै गरेर हालसम्म १६ बिघा ८ कठ्ठा ३ धुर ७ कन्वा घर जग्गा तथा अन्य जिन्सी सामान फिर्ता गरिएको प्रहरी नायब उपरीक्षक भारतीले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। मधेश प्रदेशमा सबैभन्दा कम उजुरी रौतहटमा परेका छन्। त्यहाँ दुई हजार ७८ उजुरी दर्ता भएका छन् भने ती मध्ये ५१३ उजुरीमा मेलमिलाप भइसकेको छ। २१ वटा उजुरीको मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।