२३ कार्तिक २०८३, आइतबार / 08 November 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरामा जारी केपी ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ ।

    • अशोक यादब अशोक यादब
    • today११ मंसिर २०८०

    ११  मङ्सिर  // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    पोखरामा जारी केपी ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ ।

    Ad
    Ad
    Ad

    मधेस प्रदेश समूह चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित भएको थियो । 

    Ad
    Ad

    सुदूरपश्चिम प्रदेशले दिएको ५९ रनको झिनो लक्ष्य मधेसले ४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । मधेसका लागि इमरान शेख १७ र पवन सर्राफ १४ रनमा नटआउट रहे। अनिल साह २५ रनमा क्याच आउट भए । ओपनर तथा कप्तान हरिशकंर शाह शून्य रनमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रन बनाउँदा अलआउट भयो ।

    सुदूर पश्चिमका लागि नरेन साउदले बनाएको १८ रन नै सर्वाधिक रह्यो। भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    मधेसका लागि हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । उनले आफ्नो स्पेलमा ११ रन दिए । रुपेश साहले ३ विकेट लिए । उनले २.५ ओभरमा १ मेडन राख्दै ७ रन खर्चे । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले समान एक विकेट आफ्नो नाममा गरे । 

    समूह ‘सी’ मा पुलिस क्लब र मधेस प्रदेशको समान २ अङ्क छ । सुदूरपश्चिम अङ्क विहीन छ । समूह चरणको अन्तिम खेलमा पुलिस क्लब र मधेस प्रदेश भिड्नेछन् । आजै हुने दोस्रो खेलमा समूह ‘डी’ का त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो भिड्नेछन् । सो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    ताजा सूचना

    • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे!
    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    • कलैयाबाट प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस इन्जेक्सन बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.