दिनेश मिश्र, २४ असोज । पर्साको ठोरीमा दशै फूटबल कप २०७९ सम्पन्न भएको छ । आयोजक टिम वनशक्ति यूवा क्लबको अध्यक्ष कमल रानाको सभापतित्व, गठबन्धन तर्फबाट नेकपा ऐमालेको क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार जालीम मिया प्रमूख अतिथि, ठोरी गाउपालिकाका अध्यक्ष लालबहादूर श्रेष्ठ र उपाध्यक्ष गोकूली रेग्मी विशिष्ठ अतिथि थिए । त्यस्तै ठोरी गाउपालिका १ देखि ५ वडाका वडा अध्यक्ष क्रमश धनमान थापा, अमृत कृष्ण सापकोटा, शम्भू खडका, मान बहादूर थिé, अष्ठ बहादूर लोप्चन अतिथिको रुपमा उपस्थित थिए ।कार्यपालिका सदस्य, बुद्धिजिवी, पत्रकार तथा आम दर्शकको उपस्थिति थिए । १६ वटा सहभागि टिमसंग प्रवेश शूल्क रु.३१००।०० थियो । दशै फूटबल कप २०७९ मा १६ वटा क्लब सहभागी रहेको खेलमा वनशक्ति यूवा क्लब ठोरी २ र तमू वोयज यूवा क्लब ठोरी १ को विचमा फाइनल प्रतिस्पर्धा भएको थियो । खेल शूरु भएको ११ सेकेन्ड वित्दै वन शक्ति यूवा क्लबले १ गोल हानेको थियो भन्ने तमू वोयज यूवा क्लबले इन्टरभल भन्दा अगाडी १ गोल हानेर खेल बराबरीमा पूगेको थियो । इन्टरभल पछि वन शक्ति यूवा क्लबले २ गोल हानेर १का विरुद्ध ३ गोल हानेर विजय भएको थियो । प्रथम पूरस्कार क्षेत्र नं.४का प्रतिनिधि सभा उम्मेदवार जालिम मियाले ६००००।०० दिए भने दोश्रो हूने टिमलाई स्थानीय समाजसेवी सूमन लामाले ३००००।०० नगद दिएका छन् । नेकपा ऐमाले वडा नं.२ का गाउ कमिटि अध्यक्ष नर बहादूरले उदघोषण गरेका थिए तथा खेल समितिका कोष अध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए ।