भिकाले भनिन्, “एकजना हामीभन्दा अलि ठूलो केटाले हामीलाई भन्यो… सबै चेचेनहरू भिखारी हुन्, तिनीहरू पाए जति सबैथोक टिप्छन् र मौका पाउने वित्तिकै समस्या निम्त्याइहाल्छन्। हामी तिमीहरूलाई बाहिर निकाल्न चाहान्थ्यौँ। तर अहिले आएर थाहा भयो त्यो गलत रहेछ। हामी त्यो गल्तीको क्षतिपूर्ति गर्न चाहन्छौँ।”
एकदिन रसियन युवतीहरूले सेडा, लुइसा लगायत अरू चेचेन युवतीहरूलाई आफ्नो कोठामा बोलाए। त्यो कोठा बढी न्यानो र आरामदायी थियो। त्यहाँ चेचेनहरूलाई आफ्नै घरजस्तो महसुस गराउन उनीहरूले निकै कोशिस गरे। चेचेनहरूले भोगेका युद्ध र उनीहरूका उजाड ठाउँका कथाहरू सुनेर रसियन युवतीहरू चकित परे।
एकैछिन पछि भिका फर्किनु पर्ने थियो, साथीहरूसँग विदा माग्ने समय मिलेन। साथीहरूले न्यास्रो माने। भिका वरिपरि हुँदा कसैलाई अल्छि, वाक्क लाग्न पाउँदैनथ्यो। सेडाले उनको सिरानी मुनी एउटा विदाइ चिट्ठी फेला पारिन्। त्यसमा लेखिएको थियो, “सेडा, म तिमीलाई धेरै, धेरै, धेरै माया गर्छु। हामी साथीहरूलाई नबिर्सिनु। चिट्ठी लेख्नु।”
बाँकी समय छिट्टै, पत्तै नपाइ वित्यो। विदा हुने बेला उनीहरू बसेका घरका अभिभावक पनि रोए। छुट्टि मनाउन आएका कसैले पनि आफ्ना अनुभव र नयाँ साथीहरू विर्सने छैनन्।