११ मंसिर २०८३, बिहिबार / 26 November 2026, Thursday

कार्यक्रममा उनले, खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको र २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने दीगो विकास लक्ष्य (SDG) नं. ६ प्राप्त गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरे

परीक्षा केन्द्रहरूमा साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र वीरगञ्ज पब्लिक इंग्लिस स्कूल समावेश थिए।

 

कार्यक्रमको अध्यक्षता प्रकाश लामा, नेशनल इन्फोटेक कलेजका प्रमुख,ले गरेका थिए, र स्थानीय नेता सन्जय मन्डल पनि कार्यक्रममा उपस्थित थिए। स्थानिय बासिन्दाहरूको व्यापक सहभागिता यो कार्यक्रमको सफलता सुनिश्चित गरेको थियो। राहतको सामग्री वितरण गर्दा, कम्बल र ट्रेक सुटले जाडोबाट बच्नका लागि स्थानीय परिवारहरूलाई विशेष फाइदा पुर्याएको थियो।

समाचार

सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।