२९ असार २०८३, सोमबार / 13 July 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • साउथ जोन मा.वि.को १६ औं वार्षिकोत्सवमा ५३ जनाद्वारा रक्तदान

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१५ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माद्यामिक विद्यालये १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् ।सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतले रक्तदान गरेका हुन् । विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कँडेल र मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. उमेश चौरसिया, पत्रकार जगत राई, प्रणय साह लगायतको उपस्थिति रहेको थियो । 

    Ad
    Ad
    Ad

    कार्यक्रमका प्रमुख अतिथि रेडक्रस सभापति कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगल संकलन पर्ने पोका हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना भएको र मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेको विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।उनकाअनुसार शिविरबाट ५० जना भन्दा बढी अभिभावक लाभान्वित भएका छन् । शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेष्टहरु र औषधीसमेत विद्यालयले अभिभावकका लागि निशुल्क व्यवस्थापन गरेको थियो । 

    Ad
    Ad
    Ad

    यस्तै, वार्षिकोत्सव मनाउन आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्मको सांस्कृतिक र पुरस्कार वितरण कार्यक्रम र माघ २० गते १६ औं वार्षिकोत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको संग्रौलाले जानकारी दिए । वीरगञ्ज महानगरपालिका वडा नं. १३ मा २०६६ सालमा स्थापित विद्यालयमा हाल करिब १८ सय विद्यार्थी अध्ययनरत छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.