१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा तिर्थयात्रुहरूलाई वडा अध्यक्ष प्रदीप कुमार चौरसियाद्वारा सम्मान र बिदाई

    • रामाशंकर साह रामाशंकर साह
    • today१५ माघ २०८१

    वीरगञ्ज। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का तिर्थयात्रुहरूलाई वडा अध्यक्ष तथा समाजसेवी प्रदीप कुमार चौरसियाले मंगलबार सम्मान गर्दै बिदाई गरेका छन्। भारतको प्रयागराज, विन्ध्याचल धाम, बनारस, अयोध्या र महाकुम्भ मेलामा जान लागेका करिब ९० जना तिर्थयात्रुहरूलाई चौरसियाले टीका र गम्छा प्रदान गरी सम्मान गरेका हुन्।

    Ad
    Ad
    Ad

    वडा नम्बर ५ निवासी चौरसियाले आफ्नो समाजसेवी भूमिकालाई निरन्तरता दिँदै तिर्थयात्रामा जाने यात्रुहरूको मनोबल बढाउन उनीहरूको सम्मान गरेका हुन्। स्थानीय वडा सदस्य सन्जु दाहालका अनुसार, तिर्थयात्रुहरू कुम्हाटाल र रेशमकोठी क्षेत्रका बासिन्दा हुन्, जो वीरगञ्ज–काठमाडौं चल्ने दुईवटा बसमार्फत भारतको महाकुम्भ मेलाका लागि प्रस्थान गरेका छन्।

    Ad
    Ad
    Ad

    रेशमकोठी निवासी अशोक गुप्ताले स्थानीय तहका धेरै नेताहरू चुनावी समयमा मात्र सक्रिय देखिने गरेको टिप्पणी गर्दै चौरसियाको निरन्तर समाजसेवाप्रति प्रशंसा व्यक्त गरे। गुप्ताले भने, “युवा नेता प्रदीप कुमार चौरसिया जस्तो नेतृत्वले हाम्रो वडामा निरन्तर सेवा दिइरहोस् भन्ने हाम्रो कामना छ।”

    Ad
    Ad
    Ad
    Ad

     

    तिर्थयात्रुहरूले वडा अध्यक्ष चौरसियाको सम्मान र सहयोगप्रति खुशी व्यक्त गर्दै उनको उज्ज्वल भविष्य र प्रगतिका लागि शुभकामना दिएका छन्। उनीहरूले चौरसियालाई धन्यवाद दिँदै आफ्नो आशीर्वाद समेत व्यक्त गरेका छन्।चौरसियाको यो सक्रियता समाजसेवाको उत्कृष्ट उदाहरण बनेको छ। तिर्थयात्रुहरूलाई सम्मान गरेर बिदाई गर्नुले चौरसियाको नेतृत्व क्षमतासँगै स्थानीय समुदायप्रतिको समर्पण झल्काउँछ।यो घटना चौरसियाले आफ्नो वडामा खेलेको सकारात्मक भूमिकाको प्रमाण हो, जसले स्थानीयहरूलाई सामाजिक कार्यमा प्रेरित गरेको छ।

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.