११ मंसिर २०८३, बिहिबार / 26 November 2026, Thursday

सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु तीन करोड लागतमा पार्क निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष केप्छाकीले बताए ।

नगरपालिकाका स्वास्थ्य चौकीहरूको अवस्था पनि अत्यन्तै नाजुक रहेको छ भने विकास निर्माणका सम्पूर्ण कामहरू अवरुद्ध भएका छन्। शिक्षक र कर्मचारीहरूले आफ्ना मागहरू लिएर विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाए पनि समस्या समाधानका लागि कुनै ठोस कदम चालिएको छैन

सत्तारूढ दलहरूको बैठकले संसदको आगामी अधिवेशनमा प्रस्तुत गरिने विधेयक र प्रस्तावहरूको प्राथमिकता पनि निर्धारण गर्नेछ। यसका साथै, सरकारका प्रमुख योजनाहरू र आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण निर्णयहरू लिन सकिन्छ। राजनीतिक पक्षमा, विपक्षी दलहरूको प्रतिक्रियालाई मध्यनजर राख्दै सरकारको रणनीति तयार पार्नु महत्वपूर्ण हुनेछ, ताकि संसदमा सहमति बनाउन र विवादहरूको समाधान गर्न सहज होस्।

 

समाचार

सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।