१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन र भविष्यतर्फको कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१५ माघ २०८१

    वीरगञ्ज । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन र क्षेत्रगत लक्ष्य प्राप्तिका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका जलस्रोत तथा सिचाई मन्त्री प्रदीप यादवले दातृ निकाय र विकास साझेदार संस्थाहरूसँग वाश क्षेत्रका लागि अधिकतम लगानी गर्न आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    मन्त्री यादवले कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै भने, “नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। यसका आधारमा, २०७९ मा खानेपानी तथा सरसफाइ ऐन लागू भएको थियो र माघ १० गतेदेखि खानेपानी तथा सरसफाइ नियमावली पनि कार्यान्वयनमा आएको छ।"

    Ad
    Ad
    Ad

    कार्यक्रममा उनले, खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको र २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने दीगो विकास लक्ष्य (SDG) नं. ६ प्राप्त गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनले भने, “यसका लागि आवधिक योजनामा तोकिएका लक्ष्यहरू कहिल्यै पूर्ण रूपमा हासिल गर्न नसकिएको छ। २०८५/८६ सम्म पूरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पनि चुनौतीपूर्ण छ, तर नेपाल सरकार यसका लागि लागिरहेकाछ।”

    Ad
    Ad
    Ad
    Ad

     

    मन्त्री यादवले दातृ निकाय र विकास साझेदारलाई वाश क्षेत्रमा उच्चतम लगानी गर्न आवश्यकताको महत्त्वपूर्ण सन्देश पनि दिएका छन्। “नेपाललाई २०७६ मा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न हामी सबैले हातेमालो गरेका जस्तै, अब गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइको पहुँच पुर्याउन पनि त्यस्तै प्रतिबद्धता आवश्यक छ। यसका लागि नेपाल सरकार अभियानको नेतृत्व गर्न तयार छ,” उनले थपे।

    कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहहरूको समन्वयलाई प्रभावकारी बनाउन र सबै नेपालीको घरघरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउन आवश्यक कदमहरू उठाइने बताए। यस उद्देश्यलाई पुरा गर्न दातृ निकाय र विकास साझेदार संस्था समेतको सहयोग अत्यन्त आवश्यक रहेको मन्त्री यादवले जोड दिए।

    यस कार्यक्रममा विकास साझेदार संस्थाहरूले आगामी वर्षहरूमा वाश क्षेत्रमा उच्चतम लगानीका लागि छलफल गर्न सन्देश पठाएका छन्।

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.