११ मंसिर २०८३, बिहिबार / 26 November 2026, Thursday

महायज्ञ प्रचारप्रसार समितिका संयोजक राज सर्राफका अनुसार, यस महायज्ञको उद्देश्य केवल धार्मिक क्रियाकलाप मात्र नभई सामाजिक कार्यहरूलाई पनि प्रवाहित गर्नु हो। यसका माध्यमबाट धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने योजना रहेको छ, जसले स्थानीय स्तरमा रोजगार सृजना र समृद्धि ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

ऋणपत्रको बिक्री व्यक्तिगत र सार्वजनिक दुवै तरिकाबाट गरिने भएकोले, यसले आम नागरिकलाई पनि लगानीमा संलग्न गराउने अवसर प्रदान गर्नेछ। व्यक्तिगत बिक्रीमा १८ लाख इकाइको बिक्री गरिनेछ भने सार्वजनिक निष्कासनमा १२ लाख इकाइको बिक्री हुनेछ। यसमा विशेषगरी बैंकका ग्राहक र सम्पूर्ण नेपाली जनतालाई लक्षित गरिएको छ।

 केन्द्रीय राजनीति र पार्टी संरचनामा गम्भीर असर पार्ने सम्भावना देखिन्छ। युवा संघ र अनेरास्ववियू जस्ता प्रभावशाली जनसंगठनका अध्यक्षहरूलाई पदमुक्त गर्नु भनेको राजनीतिक शक्ति र संगठनको प्रमुख नियन्त्रणमा ठूलो फेरबदल ल्याउने कदम हो

समाचार

सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।