१३ कार्तिक २०८३, बिहिबार / 29 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ कार्तिक २०८३

    वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ । गत सात दिनदेखि सञ्चालित शिविरमा सहभागी स्वयंसेवकहरूले तालिमका क्रममा हासिल गरेका शारीरिक, मानसिक एवं बौद्धिक अनुशासनका विभिन्न कौशल तथा अभ्यासहरूको रोमाञ्चक झलक प्रस्तुत गरेका थिए । कार्यक्रममा माननीय विभाग सञ्चालक अशोक बैद्य, माननीय जिल्ला सञ्चालक माधव राजपाल, नगर सञ्चालक प्रेम कुशवाहा, वीरगन्ज भिस्वा गुम्बाका प्रतिनिधि र राष्ट्रिय सह-कार्यवाह रन्जित सराफ लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    Ad
    Ad
    Ad

    अनुशासित प्रदर्शन र झाँकी पश्चात् स्वयंसेवक सहभागीहरूले वीरगन्ज महानगरपालिकाका विभिन्न मुख्य स्थानहरूमा भव्य र्याली निकालेका थिए । बजार तथा नगरका प्रमुख मार्गहरू परिक्रमा गर्दै निकालिएको उक्त र्यालीसँगै कार्यक्रमको औपचारिक समापन गरिएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले पछिल्लो समय हिन्दू धर्म र संस्कृतिमाथि विभिन्न माध्यमबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । वक्ताहरूले सम्पूर्ण नेपालीहरूले नेपाल र हिन्दू धर्मको सम्मान गर्नुपर्नेमा जोड दिँदै अब नेपाल पुनः हिन्दू राष्ट्र बन्ने विश्वास व्यक्त गरेका थिए ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    • कलैयाबाट प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस इन्जेक्सन बरामद
    • प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएल सिजन–३ को उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.