१३ कार्तिक २०८३, बिहिबार / 29 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ कार्तिक २०८३

    वीरगञ्ज। वीरगञ्जस्थित शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफ्नो ९औँ वार्षिकोत्सव तथा पालकी शोभा यात्राको पूर्वसन्ध्यामा मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। ट्रष्टका अध्यक्ष प्रवेश कुमार सराफको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो। २०७४ सालमा स्थापना भएको यस मन्दिरले आफ्नो स्थापनाकालदेखि नै सनातन धर्म परम्परा अनुसार सम्पूर्ण पूजापाठ, चाडपर्व तथा धार्मिक गतिविधिहरू हर्षोल्लासका साथ मनाउँदै आएको छ। ट्रष्टका अध्यक्ष सराफले आफ्नो कार्यकाल सुरु भएदेखि नै ट्रष्टका उपाध्यक्ष सञ्जय कुशवाहालाई पालकी शोभा यात्राको संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी दिए। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी आउने शनिबार बिहान ठीक ८:३० बजेदेखि पालकी शोभा यात्रा सुरु हुनेछ। मन्दिरका मुख्य पुजारी जितेन्द्र परासरद्वारा विशेष विधिपूर्वक विशेष पूजा (संकल्प पूजा) सम्पन्न गरेपछि शोभा यात्रा निकालिनेछ। नगरपरिक्रमाका क्रममा शिरडी साई बाबालाई विशेष सिङ्गार गरी बजार परिक्रमा गराइनेछ। नगरपरिक्रमापश्चात् पुनः मन्दिर प्राङ्गणमै फर्केर भव्य महाप्रसादको व्यवस्थापन गरिएको छ।

    Ad
    Ad
    Ad

    ट्रष्टका अध्यक्ष प्रवेश सराफले सम्पूर्ण वीरगञ्जवासी भक्तजनहरूलाई शोभा यात्रामा उत्साहपूर्वक सहभागी भई साई बाबाको दर्शन र महाप्रसाद ग्रहण गर्न हार्दिक अपिल गरेका छन्। उक्त पालकी शोभा यात्रा मन्दिर प्राङ्गणबाट सुरु भई माइस्थान मन्दिर, अलखियामठ लगायत नगरका प्रमुख धार्मिक तथा सार्वजनिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर समापन हुनेछ। यात्रामा करिब १ हजार भक्तजनहरूको सहभागिता रहने अनुमान गरिएको छ। यस वर्षको ९औँ वार्षिकोत्सव तथा शोभा यात्रा सम्पन्न गर्न करिब रु. ३ लाखदेखि ४ लाखसम्म खर्च हुने आयोजक ट्रष्टले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    • कलैयाबाट प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस इन्जेक्सन बरामद
    • प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएल सिजन–३ को उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.