३० कार्तिक २०८३, आइतबार / 15 November 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० कार्तिक २०८३

    वीरगन्ज, २९ कात्तिक । सिर्सिया खोलामा स्वच्छ पानीको सतह बढाउन गण्डक नहरमार्फत नारायणी नदीको पानी आइतबार बिहानदेखि खोलामा मिसाइएको छ । वीरगन्ज महानगरपालिका–२७, जगरनाथपुरस्थित छठ घाट नजिकै गण्डक नहरको बाँध काटेर नहरको पानी सिर्सिया खोलामा मिसाइएको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धि बहादुर पन्त (हरि पन्त) को पहलमा भारतको बिहारस्थित रामपुर क्यानलबाट नारायणी नदीको पानी गण्डक नहर हुँदै सिर्सिया खोलामा ल्याइएको हो । छठ पर्वमा व्रतालु तथा श्रद्धालुहरूलाई पूजाआराधना गर्न स्वच्छ पानी आवश्यक पर्ने भएकाले नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइएको सांसद पन्तले जानकारी दिए । नारायणीको पानी सिर्सिया खोलासम्म ल्याउन विगत एक महिनादेखि प्रयास भइरहेको र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा पानी ल्याउन सफल भएको उनले बताए । लामो समयदेखि प्रदूषित रहँदै आएको सिर्सिया खोलालाई स्वच्छ बनाउन आफू निरन्तर प्रयासरत रहेको बताउँदै सांसद पन्तले यस विषयलाई पटक–पटक प्रतिनिधिसभामा उठाएको जानकारी दिए । उनका अनुसार सांसदमा आवाज उठेपछि नेपाल सरकारको उद्योग मन्त्रालयसमेत सक्रिय भएर लागेपछि अहिले सिर्सिया खोलामा केही हदसम्म स्वच्छ पानी ल्याउन सम्भव भएको हो । सिर्सिया खोलालाई पूर्ण रूपमा स्वच्छ बनाउन तत्कालका लागि पानी मिसाउने व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाएको सांसद पन्तको भनाइ छ । उनले आफ्नो कार्यकालभित्रै सिर्सिया खोलालाई पूर्ण रूपमा स्वच्छ बनाउने लक्ष्य रहेको दाबीसमेत गरे । लोकआस्थाको पर्वका रूपमा मनाइने छठ पूजामा नदी, खोला, तलाउ तथा प्राकृतिक जलाशयको विशेष महत्त्व छ । व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ्य दिने परम्परा रहेकाले यस पर्वमा स्वच्छ पानीको आवश्यकता अझ बढी हुन्छ । बारा–पर्सा औद्योगिक करिडोरमा रहेका करिब दुई दर्जन उद्योगबाट निस्कने रसायनयुक्त फोहोर तथा स्थानीय तहको कमजोर व्यवस्थापनका कारण सिर्सिया खोलाको पानी लामो समयदेखि प्रदूषित हुँदै आएको छ । उद्योगबाट निस्कने रसायनयुक्त फोहोर पानी प्रशोधन नगरी सिधै खोलामा मिसाइँदा पानी अम्लीय र दुर्गन्धित बन्ने गरेको छ । यसैबीच, नेपाल सरकारको पहलमा पहिलोपटक खोलालाई प्रदूषित बनाउने उद्योगहरूको जिम्मेवारी पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ । साथै, खोलाको सरसफाइसमेत सुरु गरिएको छ ।

    Ad
    Ad
    Ad

    विगत एक सातादेखि खोलाको पानी सफा बनाउने प्रयास भइरहेको र त्यसको प्रभावस्वरूप पानी केही हदसम्म स्वच्छ देखिन थालेको वीरगन्जवासी बताउँछन् । छठ पर्व नजिकिएसँगै सिर्सिया खोलाको प्रदूषण र दुर्गन्धको विषय राजनीतिक मुद्दा बन्ने गरेको भए पनि पर्व सकिएपछि यो विषय ओझेलमा पर्ने गरेको स्थानीयको गुनासो छ । यस वर्ष भने नेपाल सरकार नै खोलाको पानी स्वच्छ बनाउन सक्रिय देखिएकाले सरकारी प्रयास कति प्रभावकारी हुन्छ भन्ने कुरा आगामी दिनले देखाउने वीरगन्जवासीको भनाइ छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो
    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे!
    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.