१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रचण्डलाई ओलीको सन्देश

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ माघ २०८१

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूप्रति आक्रोश व्यक्त गरेका हुनप्रतिपक्षी दलहरूले दाबी गरेको जस्तो सरकार नढल्ने उनले स्पष्ट पारे । प्रधानमन्त्रीको ‘चक्लेट’ छाडेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि यो बलियो सरकार गठन गरेको उनको भनाई थियो ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै उनले भने, ‘सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन । देशलाई स्थायित्व र स्थिरता दिन बनेको दुई तिहाइको सरकार हो यो । हामीले प्रधानमन्त्रीको चकलेट छाडेर यो सरकार बनाएका हौँ, त्यस्तालाई साथ लिएर प्रधानमन्त्री बन्दा देश बन्दैन भनेर ।’

    Ad
    Ad
    Ad

     
     
     

    प्रचण्डमाथि खनिँदै प्रधानमन्त्री ओलीले अहिले २०६४ सालको समय नभएको स्मरण गराए । उनले थपे, ‘६४ को जस्तो भोट दिनु के–के न गर्छु भन्नुभयो एक जनाले । जमाना गयो त्यो । त्यतिबेला क्याम्पमा लडाकु थिए, आतङ्क थियो, त्रास थियो । सोझा जनतालाई टाढाबाट दूरबिनले हेरेका हुन्छौँ, कहाँ भोट हाल्यो थाहा पाउँछौँ, पछि ठिक लगाउँछौँ भन्थे । उनीहरूका मान्छे मतपत्र लगाएकै ठाउँमा गएर हेर्थे । तिमी सक्दैनौँ हामी लगाइदिन्छौँ भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो, त्यो जमाना अब छैन, गयो त्यो जमाना ।’ उनले देश लोकतान्त्रिक अभ्यास चल्ने बताउँदै सबैलाई त्यसै गरी अगाडि बढ्न आग्रह गरे । उनले एक अर्कासँग बाझेर भन्दा पनि, एक अर्कामाथि हिलो छ्यापेर भन्दा पनि मिलेर अघि बढ्नुपर्ने बताए ।

    Ad
    Ad
    Ad

    ‘कस्तो हिलो

    Ad
    Ad
    Ad
    Ad

    छ्याप्न सकेका, तिनै मान्छे कराएका छन्, कराएका छन् । पोहोर संसद्मा एक जनाले पशुपतिमा सुन चढाउँछु भनेर पित्तल चढाए छानबिन गरिपाऊँ भने । उनीहरूकै सरकार थियो, छानबिन भयो । जति चढाएको थियो भनेको थियो, त्यति नै चढाएको रहेछ । फेरि त्यस्तै कुरा गरेर अर्को–अर्को आरोप लगाइरहन लाज मान्दैनन् उनीहरू । एक शब्द माफी पनि माग्दैनन्,’ उनले भने ।कम्बोडिया र स्वीटज

    रल्याण्डमा सम्पत्ति छ भनेर आफूमाथि तथ्यहीन आरोप लगाएकोमा पनि ओलीले असन्तुष्टि व्यक्त गरे । ‘नेपालमै मसँग सम्पत्ति छैन, अनि स्वीटजरल्याण्डमा लगेर राखेको रसिद छ भनेर निकाल्छन् । कहिले कम्बोडियामा ३२ अर्ब भन्छन् । टेलिकममा लगानी गरेको पैसा लुकेको पैसा हुँदैन । कसको नाम छ, गएर ल्याऊ बाँडेर खाऊ, कसलाई खान मन छ । सरकारमा दाखिल गर । अर्कोलाई चिर्कटो देखाउन लगाउने ? बिचरापछि प्रहरीले सोध्दा मैले झुटो बोलेको थियो भन्छ । यस्ता भ्रमको खेती गरेर नेपाल बिगार्ने होइन ।’

     

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने प्रति पनि उनले व्यङ्गय गरे । ‘एउटा झिल्केले उफ्रेर मिडियाबाजी गर्छ । हो न हो पार्छ । अर्को उताबाट निस्कन्छ ।’यता, आफू बिरामी हुँदा भएको प्रचारप्रति पनि प्रधानमन्त्री ओलीको गुनासो थियो । ‘खोक्न पाएको छैन आईसीयूमा देखाउँछन् । फोटो आउँछ । म आईसीयूमा छु कि कहाँ छु, तपाईँहरूले देखिरहनुभएको छ,’ ओलीले भने । औषधीले गर्दा आफूले केही कमजोरी भने महसुस गरेको तर केही दिनमा नै आफू ठिक हुने उनको जिकिर थियो ।

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.