२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ भदौ २०८३

    बीरगञ्ज । बालबालिका तथा शिक्षकहरूको आँखाको स्वास्थ्यलाई प्राथमिकता दिँदै बीरगञ्जस्थित सूर्योदय सेकेन्डरी स्कुलमा एकदिने आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। किरण आँखा अस्पताल तथा रोटरी क्लब बीरगञ्जको संयुक्त पहलमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको आँखा परीक्षण गरी आवश्यक परामर्श तथा सेवा प्रदान गरिएको थियो। शिविरमा किरण आँखा अस्पतालका  सहायक पूजा सिंहको नेतृत्वमा प्राविधिक टोलीका कविता पोखरेल, रुबी मित्रा र रामबाबु चौरसियाले विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको आँखा परीक्षण र स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेका थिए। शिविरमार्फत विशेषगरी साना बालबालिकाको आँखाको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक परीक्षण गरिएको थियो। विद्यालयका प्रिन्सिपल शिखा यादवको विशेष निगरानी तथा समन्वयमा शिविर सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

    Ad
    Ad
    Ad

    विद्यालय परिसरमै स्वास्थ्य परीक्षणको व्यवस्था भएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूले समेत यस पहललाई सकारात्मक रूपमा लिएका छन्। आँखा स्वास्थ्यमा समयमै रोगको पहिचान हुन सके उपचार सहज र प्रभावकारी हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन्। तर समस्या गम्भीर भइसकेपछि मात्र उपचारका लागि पुग्दा उपचार जटिल बन्न सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण र सचेतना आवश्यक रहेको छ। यसै उद्देश्यका साथ किरण आँखा अस्पताल तथा रोटरी क्लबले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै समुदायसम्म सेवा पुर्‍याउने कार्यलाई निरन्तरता दिँदै आएका छन्।

    Ad
    Ad
    Ad

    स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने यस्ता अभियानले रोकथाममुखी स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ। विद्यालयस्तरमै सञ्चालन गरिने यस्ता स्वास्थ्य शिविरले बालबालिकाको शैक्षिक विकाससँगै उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूको भनाइ छ। सूर्योदय सेकेन्डरी स्कुलमा सम्पन्न आँखा शिविर पनि शिक्षा र स्वास्थ्यलाई एकसाथ जोड्ने उदाहरणीय पहलका रूपमा रहेको सहभागीहरूले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.