१८ असार २०८३, बिहिबार / 02 July 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्रामपुर गाउँपालिकामा कर्मचारीमाथि दबाब ? स्वास्थ्य शाखाभित्रको विवाद सतहमा

    • बिराज यादव बिराज यादव
    • today३ जेठ २०८३

     बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा स्वास्थ्य शाखासम्बन्धी विवाद फेरि चर्चामा आएको छ। गाउँपालिकामा कार्यरत कर्मचारी सुभाष गुप्ताले सामाजिक सञ्जालमार्फत आफूले कार्यस्थलमा थिचोमिचो, पूर्वाग्रह र असहज वातावरण भोग्दै आएको संकेत गरेका छन्। उनले फेसबुक स्टाटसमा लेखेका छन्— “सरोकारवाला प्रमुखज्यूहरूको इज्जत सम्मान गरेर कर्मचारीहरू चुप लागेर बस्दा बिना कारण हेप्न खोज्नु ठीक होइन। यस्तो नगरिदिन अहिलेलाई Request।” यस अभिव्यक्तिपछि गाउँपालिकाभित्र कर्मचारीमाथि दबाब, विभेदपूर्ण व्यवहार तथा प्रशासनिक हस्तक्षेप भइरहेको चर्चा चुलिएको छ। स्थानीय स्रोतका अनुसार स्वास्थ्य शाखासँग सूचना माग्दा महिनौँसम्म उपलब्ध नगरिएको, फोनसमेत नउठाइने तथा “आज दिन्छु, भोलि दिन्छु” भन्दै टार्ने प्रवृत्तिप्रति स्थानीयवासी असन्तुष्ट रहेका छन्।

    Ad
    Ad
    Ad

    विशेषगरी स्वास्थ्य प्रमुख अली अकबरमाथि सूचना लुकाउने र प्रशासनिक प्रक्रियालाई प्रभावित बनाएको आरोप लाग्दै आएको छ। यस्तै गाउँपालिका अध्यक्ष जुबेर अलि भनिने जुल्फकार अलि भुट्टो का छोरा सरफराज अलीले पनि गाउँपालिकाको निर्णय प्रक्रियामा अनावश्यक प्रभाव जमाएको आरोप स्थानीय तहमा व्यापक रूपमा उठ्न थालेको छ। स्थानीयवासीहरू भन्छन्— “नेताको आडमा केही कर्मचारीलाई छुट, इमान्दार कर्मचारीलाई शास्ती” भन्ने अवस्था विश्रामपुरमा मौलाउँदै गएको छ। यद्यपि सम्बन्धित पक्षबाट यी आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। गाउँपालिकाभित्र बढ्दो विवाद र कर्मचारी असन्तुष्टिबारे निष्पक्ष छानबिनको माग स्थानीय स्तरमा उठ्न थालेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • एम्बुलेन्सबाट निकालेर घाइते प्रहरीको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी दोषी ठहर ५ वर्ष कैद
    • बालबालिका खेल्ने पार्कमै अवैध हुक्का बारमा महानगरको छापा ठूलो परिमाणमा सुर्तीजन्य सामग्री बरामद
    • जुत्ता कपडाको नाममा सुनचाँदी अमेरिका पठाउने प्रयास असफल विमानस्थलबाट दुई व्यापारी पक्राउ
    • रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ घण्टीघरमा उत्साहपूर्ण जमघट
    • फोरेन्सिकमा अब उच्च योग्यता अनिवार्य बनाउने तयारी मन्त्री पुनको स्पष्ट सन्देश योग्यतामा सम्झौता हुँदैन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.