बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको छ । साथै, प्रहरीको टोलीले सीमावर्ती क्षेत्रहरूमा निगरानी थप कडा पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बरामद गरिएका ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको छ,’ प्रहरी उपरीक्षक आचार्यले भने ।
इन्टरनेट प्रदायक कम्पनीहरूका अनुसार सेवा कहिले सुचारु हुन्छ भन्ने यकिन जानकारी प्राप्त भइसकेको छैन, तर प्राविधिक टोलीहरू समस्या समाधानका लागि सक्रिय छन् ।