२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक फरार

    • बिशाल यादब बिशाल यादब
    • today२४ माघ २०८१

    वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    Ad
    Ad
    Ad

     

    दुर्घटनामा परी गम्भीर घाइते भएका कलैया उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी ब्योधा अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

     

    स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्याक्टर तीव्र गतिमा रहेको र अनियन्त्रित भएर मोटरसाइकललाई ठक्कर दिएको अनुमान गरिएको छ । घटनापछि स्थानीयवासीले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् ।यसैबिच, बारा प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । मृतक महतोका परिवारजनलाई खबर गरिसकिएको छ भने शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिने तयारी भइरहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.