२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा

    • बिराज यादव बिराज यादव
    • today२६ आश्विन २०८३

    पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा खैबर पख्तुनख्वामा आपत्कालीन शासनपछि कारबाही तीव्र, मुख्यमन्त्री सोहेल अफ्रिदीलाई समेत सुरक्षात्मक हिरासतमा राखिएको पीटीआईको दाबी पेशावर, २६ असोज। पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सरकारविरोधी प्रदर्शन भइरहेका बेला उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ। रासस/एएफपीका अनुसार खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि आइतबारदेखि पार्टीका सदस्यहरूलाई नियन्त्रणमा लिइएको हो। दुई प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा उक्त जानकारी दिएका हुन्। जेलमा रहेका पूर्वप्रधानमन्त्री खानका समर्थकहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै उनको रिहाइको माग गरिरहेका छन्। देशको कठिन आर्थिक अवस्थाप्रति असन्तुष्टि बढिरहेका बेला हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका छन्।

    Ad
    Ad
    Ad

    यसैबीच, अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा क्षेत्रमा आतङ्कवादी हिंसा बढ्दै जाँदा सुरक्षा चुनौतीसमेत गम्भीर बनेको छ। सरकार पक्षले आतङ्कवादी गतिविधि नियन्त्रण गर्न प्रान्तीय प्रशासन असफल भएको दाबी गरेको छ भने पीटीआईले आपत्कालीन शासनलाई अलोकतान्त्रिक कदम भन्दै विरोध जनाएको छ। पीटीआईका अनुसार प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि सुरक्षात्मक हिरासतमा लिइएको थियो।

    Ad
    Ad
    Ad

    एक प्रशासनिक अधिकारीका अनुसार उनलाई सुरुमा आधिकारिक निवासमा राखिएको र पछि अर्को स्थानमा सारिएको थियो। यद्यपि, उनलाई कहाँ सारिएको हो भन्नेबारे अधिकारीले खुलाएका छैनन्। पार्टीका सदस्यहरूको हिरासत, मुख्यमन्त्रीलाई नियन्त्रणमा लिइएको दाबी र आपत्कालीन शासनको घोषणाले पाकिस्तानमा राजनीतिक तनाव थप चुलिएको छ। राजनीतिक अस्थिरता, आर्थिक दबाब र सुरक्षा चुनौतीबीच पछिल्लो घटनाक्रमले प्रान्तीय शासन तथा राजनीतिक अधिकारसम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.