२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२५ आश्विन २०८३

     बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न हिन्दू संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति, बालबालिकाको आकर्षक कार्यक्रम र गरबा–डान्डियामा रमाए सहभागी बीरगञ्ज। सामाजिक संस्था मिसन नेपालको आयोजनामा बीरगञ्जमा ‘DANDIYA & GARBA OPEN FLOOR NIGHT – रासरंग २०८३’ कार्यक्रम सम्पन्न भएको छ। हिन्दू संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाले हिन्दू संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। बालबालिकाको प्रस्तुति सम्पन्न भएपछि सहभागीहरू ओपन डान्स फ्लोरमा उत्रिएर विभिन्न धार्मिक तथा सांस्कृतिक गीतको धुनमा गरबा र डान्डिया खेलेका थिए। कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आपसी सद्भावको सन्देश प्रवाह गरेको थियो।

    Ad
    Ad
    Ad

    मिसन नेपालका अध्यक्ष बिराज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजकका रूपमा अमन गुप्ता र सागर गुप्ता रहेका थिए भने कार्यक्रमको उद्घोषण सलोनी कुशवाहाले गरेकी थिइन्। मिसन नेपालले यस्ता सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.