काठमाडौं । विभिन्न सञ्चारगृहको कार्यालय गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध र त्रास सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले तत्काल छानबिन अवरोध हटाउन तथा सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।