२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

    • रुस्तम देवान रुस्तम देवान
    • today२९ असार २०८३

    काठमाडौं। नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ।

    Ad
    Ad
    Ad

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ प्रारम्भ भएको हो।

    Ad
    Ad
    Ad

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ गते पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। आयोगले उनका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको मागसहित मुद्दा दायर गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    अख्तियारका अनुसार पौडेलले पारिश्रमिक, भत्ता, सेयरलगायतबाट जम्मा १ करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ वैध आम्दानी गरेका थिए। तर, २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। आम्दानी र खर्चको तुलना गर्दा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति र खर्चको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ।

    पौडेल २०६१ जेठ २० गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करार सेवाबाट सरकारी सेवामा प्रवेश गरेका थिए। त्यसपछि विभिन्न सार्वजनिक पदमा कार्यरत रहँदै २०७८ चैत २४ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए। अख्तियारले २०६१ देखि २०७९ फागुन ३० गतेसम्मको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.