सनातन हिन्दू मोर्चा वीरगंज नगर समिति गठन, अध्यक्षमा आनन्द गुप्ता schedule९ श्रावण २०८३ सनातन हिन्दू मोर्चा वीरगंज नगर समिति गठन, अध्यक्षमा आनन्द गुप्ता
‘सेवा बैंकिङमा मात्र होइन, समाजप्रति पनि’ — २९औँ वार्षिकोत्सवमा एनआइसी एशिया बैंकद्वारा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ schedule८ श्रावण २०८३ सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै बैंकका कर्मचारीहरू स्वयं सरसफाइ अभियानमा सहभागी, धार्मिक सम्पदा संरक्षण र स्वच्छ वातावरण निर्माणप्रति प्रतिबद्धता
मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र schedule२ श्रावण २०८३ कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन मूल समितिको बैठकले अनुगमन टोली परिचालन, स्वास्थ्य सेवा सुदृढीकरण, पूर्वसूचना प्रणालीसँग समन्वय तथा सबै वडा कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको छ।
दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट schedule२४ कार्तिक २०८३
बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे! schedule१४ कार्तिक २०८३
वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली schedule१३ कार्तिक २०८३
वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल schedule१३ कार्तिक २०८३
सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। schedule१० कार्तिक २०८३
सिमराका घुमुवा प्रहरी यादवमाथि तस्करीको रकम असुली गरेको आरोप, आठ महिनादेखि काजमा रहेको दाबी दरबन्दी सप्तरी जिल्ला प्रशासन कार्यालयको प्रमुख निवास सुरक्षा गार्डमा, सिमरामा सादा पोसाकमा परिचालन भएको विषयमा प्रश्न schedule१० कार्तिक २०८३