२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ श्रावण २०८३

    ​वीरगन्ज, १३ साउन / वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सबै ३२ वटै वडा कार्यालयका कामकारबाही अनिश्चितकालका लागि ठप्प पारिएको छ। वडाध्यक्षहरूले सामुहिक रूपमा विरोध जनाउँदै साउन १३ गते देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेका हुन्। ​गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वडा नं २५ निवासी राजकुमार कुर्मीको निधन भएको थियो। चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले अस्पतालमा विरोध जनाएका थिए। सोही घटनाको न्यायसम्मत समाधानका लागि पीडित परिवार र प्रशासनलाई सघाउने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको विचारलाई आधार बनाएर स्थानीय प्रहरी प्रशासनले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै धरपकड गरेको बताइएको छ। ​नगरवासीको हकहितका लागि आवाज उठाउने वडाध्यक्षमाथि नै प्रहरीले धरपकड गरेको भन्दै महानगरका सम्पूर्ण वडाध्यक्षहरूले कडा आपत्ति जनाएका छन्। यसअघि साउन १२ गते पनि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चतुर्वेदीलाई तत्काल थुनामुक्त गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए। ​जनप्रतिनिधि स्तरबाट सामुहिक रूपमा ध्यानाकर्षण गराउँदा पनि प्रशासनले वडाध्यक्ष जस्तो संवेदनशील पदमा रहेका व्यक्तिलाई हालसम्म रिहा नगरेकाले बाध्य भएर सेवा ठप्प पार्ने कठोर कदम चाल्नुपरेको वडाध्यक्षहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ​साथै, पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल स-सम्मान रिहा नगरिए आगामी दिनमा थप कडा विरोधका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

    Ad
    Ad
    Ad

    यस आन्दोलनबाट सिर्जना हुने कुनै पनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनुपर्ने वडाध्यक्षहरूले प्रष्ट पारेका छन्। ​यस बन्दका कारण वीरगन्ज महानगरका ३२ वटै वडाबाट प्रवाह हुने सिफारिस, दर्ता लगायतका दैनिक कामकाज प्रभावित भएका छन् भने सेवाग्राही मर्कामा परेका छन्। यद्यपि, अत्यावश्यक सेवाहरू भने सुचारु रहने बताइएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.