२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ श्रावण २०८३

    मनसुन जोखिम न्यूनिकरणका लागि वीरगन्ज महानगरको आकस्मिक निर्णय ​वीरगन्ज- मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको पूर्वतयारीलाई लिएर वीरगन्ज महानगरपालिकाले तदारुकता देखाएको छ। आज (शनिबार) वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा नगर विपत व्यवस्थापन मूल समितिको आकस्मिक बैठक सम्पन्न भएको छ। कार्यवाहक प्रमुखको सचिवालयमा बसेको उक्त बैठकले मनसुन पूर्वतयारी, अनुगमन, स्वास्थ्य सेवा तथा वडा कार्यालयहरूलाई तयारी अवस्थामा राख्ने लगायतका चारवटा महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्दै विभिन्न निर्णयहरू गरेको छ।

    Ad
    Ad
    Ad

    ​बैठकले मनसुन सक्रिय भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण आवश्यक स्रोत-साधन, पूर्वानुमान र तयारीलाई चुस्त राख्ने निर्णय गरेको छ। यसका साथै मौसम पूर्वानुमान र पूर्व सूचना प्रणालीसँग निरन्तर आबद्ध रही पूर्वतयारी तीव्र पार्ने सहमति भएको छ। महानगरपालिका अन्तर्गत मनसुन सुरु भई केही स्थानमा समस्या सिर्जना भइसकेकाले तत्काल अनुगमन टोली परिचालन गरिने भएको छ। उक्त टोलीले स्थलगत अवस्थाको विश्लेषण गरी समस्या समाधान गर्ने र आगामी दिनमा आउन सक्ने जोखिमको समेत आकलन गरी राहत वितरणको पूर्वतयारी गर्ने निर्णय बैठकले गरेको छ। ​विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने समस्या र महामारीको अवस्थालाई मध्यनजर गर्दै बैठकले आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्ने निर्णय गरेको छ। यसका लागि सम्भावित स्वास्थ्य समस्या समाधानका निम्ति सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन परिचालन गर्ने र यससम्बन्धी आवश्यक पत्राचार गर्ने निर्णय भएको छ।

    Ad
    Ad
    Ad

    त्यस्तै, विपद्को जोखिम सिर्जना हुन सक्ने अवस्थाको पूर्वविश्लेषण गर्दै महानगरका सबै वडा कार्यालयहरूलाई पूर्ण तयारी अवस्थामा रहनका लागि तुरुन्त पत्राचार गरिने भएको छ। ​कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको उक्त आकस्मिक बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मिया, हरि प्रसाद भुसाल र  बीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राजु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो। महानगरले मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्न र नगरवासीको सुरक्षाका लागि आफ्नो सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखेको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र
    • घण्टी पार्टीको समर्थक भन्नसमेत लाज लाग्ने अवस्था छ' : ज्ञानेन्द्र शाही
    • ३ इडियट्स' सोनम वाङ्चुकमा आधारित थिएन : आमिर खान
    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.