निजगढ विमानस्थल उच्च प्राथमिकतामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भनाइ
- २२ माघ २०८१
मन्त्री पाण्डेका अनुसार निजगढ विमानस्थल विभिन्न बाधाका कारण रोकिएको छ। ‘फास्ट ट्रयाकको पूर्णता तब मात्र सम्भव हुन्छ, जब निजगढ विमानस्थलको निर्माण सम्पन्न हुन्छ,’ उनले भने। नेपालका नेतृत्वकर्तासँग विकासका ठूला योजनाहरू भए पनि तिनलाई पूरा गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे।