१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा ‘राजा जा तार लण्डन २’ गीतको प्रिमियर

    • बिशाल यादब बिशाल यादब
    • today२७ माघ २०८१

    वीरगञ्ज । वीरगञ्जमा एक समारोहका बीच भोजपुरी गीत ‘राजा जा तारा लण्डन २’ को प्रिमियर गरिएको छ । इगो रेकर्ड भोजपुरी ले प्रस्तुत गरेको यो गीतमा अर्बाज बाबु र शिल्पी राज को स्वर रहेको छ भने शिव साजनको रचना, मन्तु मनिषको संगीत छ ।

    Ad
    Ad
    Ad

    गीतको भिडियोमा अर्बाज बाबु र शिवानी यादवको अभिनय रहेको छ भने यसलाई नविन नेपालीले निर्देशन गरेका छन् । अर्बिन्द शर्मा ले छायांकन गरेका छन् भने रोहित सिंहले डीआई सम्पादन गरेका छन् । यसमा फूल कुमारले संयोजकको जिम्मेवारी पूरा गरेका छन् । 

    Ad
    Ad
    Ad

    इगो रेकर्ड भोजपुरीका प्रबन्ध निर्देशक अजय पटेलको अध्यक्षतामा भएको प्रिमियर कार्यक्रममा कलाकार तथा निर्माता शिवप्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    प्रमुख अतिथी तथा निर्माता शिव प्रसाद कुर्मीले भोजपुरी गीत–संगीतको विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु-याउने बताए । उनले भने, “भोजपुरी भाषाका गीतहरू अहिले व्यापक रूपमा रुचाइएका छन् । ‘राजा जा तारा लण्डन २’ जस्तो गीतहरूले नेपाली तथा भोजपुरी संस्कृति जोड्न मद्दत गर्छ ।

    कलाकार प्रदेशी साहले भोजपुरी गीत–संगीत क्षेत्र दिनानुदिन व्यावसायिक बन्दै गएको बताउँदै भने, “यो गीतको भिडियो र संगीत उत्कृष्ट छ । दर्शकहरूले गीतलाई मन पराउनेमा म विश्वस्त छु ।

    इगो रेकर्ड भोजपुरीका प्रबन्ध निर्देशक अजय पटेलले गीतको सफलतामा आफ्नो टिमको मेहनत रहेको बताउँदै भने, “इगो रेकर्ड भोजपुरीले सधैं उत्कृष्ट भोजपुरी गीतहरू प्रस्तुत गर्दै आएको छ । यो गीतले पनि दर्शक–श्रोताको मन जित्ने विश्वास लिएका छौं ।”  यस गीतको भिडियो सबै वीरगञ्जकै विभिन्न स्थानमा छायाङ्कन गरिएको पनि पटेलले बताए । 

    यसअघि राजा जात र लण्डनको अपार सफलता पछि यसको भाग २ ल्याएर आएको उनको भनाई छ । यसको पहिलो गीत राजा जा तारऽ लन्दन लाई ४८ मिलियन भन्दा बढीले हेरीसकेका छन् । 

    कार्यक्रममा नेपाली कांग्रेसका नेता मनोज पटेल, कलाकार प्रदेशी साह, भोजपुरी गायक सुनिल पण्डित, गीतकार सुरेश सावरिया, कलाकार लक्की साह, रेविका अधिकारी, मीठु मार्किन, मुखलाल साह, मनिषा गिरी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन कलाकार जितेन्द्र पटेल (जितु जितेन्द्र) ले गरेका थिए ।

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.