११ कार्तिक २०८३, मंगलबार / 27 October 2026, Tuesday

सानो मोटरबोटमा ६ देखि १२ जना सम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय पचास र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ 

अभिनेता भुवन केसीको नेतृत्वमा रहेको बोर्डले विवादित छवि बनाएको सूर्य कर्पोरेसनसँग सहकार्यको हात मिलाएपछि अवार्डसँगै बोर्ड पनि विवादमा तानिएको

समाचार

सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।