१० कार्तिक २०८३, सोमबार / 26 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा पहिचान नखुलेका अचेत पुरुषको उपचारका क्रममा मृत्यु

    • बिराज यादव बिराज यादव
    • today९ कार्तिक २०८३

     बारा।बाराको कोल्हवी नगरपालिका–२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अन्दाजी ६० देखि ६२ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, २०८३ कार्तिक ८ गते दिउँसो करिब ३ः२५ बजे निकास टोलस्थित खेतको डिलमा नाम, थर र वतन नखुलेका एक पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।

    Ad
    Ad
    Ad

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो। अस्पतालमा उपचारका क्रममा सोही दिन साँझ ५ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेकाले प्रहरीले उनलाई चिन्ने व्यक्ति तथा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ। मृतकको हुलिया प्रहरीका अनुसार मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ। उनले सेतोमा हरियो धर्सा भएको गम्छा घाँटीमा ओढेका, सेतो र खैरो धर्सा भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए।

    Ad
    Ad
    Ad

    त्यसैगरी, उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको कान्छीऔँला (साइँली औँला) मा औँठी लगाएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउन सहयोग गर्न सक्ने व्यक्ति तथा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ र ९८५५०४८१०१ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

    Ad

    ताजा सूचना

    • बारामा पहिचान नखुलेका अचेत पुरुषको उपचारका क्रममा मृत्यु
    • पर्सा प्रहरीद्वारा वीरगञ्जबाट १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद
    • बारामा गोमन सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु
    • माओवादी आन्दोलनको योगदान अवमूल्यन भए नयाँ राजनीतिक परिस्थिति बन्न सक्छ : प्रचण्ड
    • चीन भ्रमण पूरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किए
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.