२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तरकारीको बीउ निर्यातमा उल्टियो अवस्था : १६ वर्षअघिसम्म निर्यात गरेको देशबाटै हुँदैछ आयात

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     काठमाडौं, २९ मंसिर। गुणस्तर कायम राख्न नसक्दा नेपालमा उत्पादन हुने तरकारीको बीउ निर्यात बन्द भएको छ । १६ वर्षअघिसम्म विभिन्न मुलुकमा बीउ निर्यात गर्दै आएको नेपालले हाल तिनै मुलुकबाट वार्षिक करोडौं रुपैयाँको तरकारीको बीउ आयात गरिरहेको छ ।

    Ad
    Ad
    Ad

    कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालीम केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष (आव) २०४३/४४ देखि रुकुम, सल्यान, प्युठानलगायत पहाडी जिल्लामा तरकारीको बीउ उत्पादन गरेर भारत, बंगलादेश, जर्मनी र जापानमा निर्यात गर्दै आएको थियो । त्यस वर्ष नेपालले परीक्षणका रूपमा आधा मेट्रिक टन मुलाको बीउ उत्पादन गरेर बंगलादेश निर्यात गरेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    नेपालको बीउ गुणस्तरीय भएको भन्दै बंगलादेशले माग बढाएपछि नेपालले काउली, मुला, भन्टा र गोलभेंडासमेतको बीउ उत्पादन गर्दै अन्य मुलुकमा समेत निर्यात गर्न थालेको थियो । राम्रो माग हुँदै गएपछि आव २०६३/६४ मा नेपालले भारतमा ८९ मेट्रिक टनसम्म बीउ निर्यात गरेको सरकारी तथ्यांक छ । 

    बीउ उत्पादनसँगै निर्यात बजारमा पनि सफल हुँदै गएको नेपालले त्यसलाई निरन्तरता भने दिन सकेन । फलस्वरूप अहिले वार्षिक करोडौं रुपैयाँको बीउ आयात गर्न बाध्य हुनुपरेको केन्द्रका वरिष्ठ बाली विकास अधिकृत अमरराज शर्मा बताउँछन् ।

    उनी नेपालले उत्पादन गरेको तरकारी बीउको माग घट्दै गएर निर्यात रोकिनुमा नेपाली बीउ उत्पादन कम्पनीकै कमजोरी रहेको दाबी गर्छन् । ‘हामीले उत्पादन गरेको बीउ निर्यात बन्द हुनुको प्रमुख कारण गुणस्तर कायम राख्न नसक्नु नै हो,’ उनले भने, ‘निर्यात बढ्न थालेपछि हामीले ठूलो परिमाणमा उत्पादन गर्न थाल्यौं, गुणस्तरमा ध्यान दिन छोड्यौं । गुणस्तर कायम राख्न सके अझै पनि हामीले निर्यात गर्न सक्छौं ।’

    उनका अनुसार दुर्गम क्षेत्रमा बीउ उत्पादन केन्द्र स्थापना भएकाले त्यहाँ उत्पादन भएको बीउ निर्यात गर्न गाडीमा लोड गरेर काठमाडौंसम्म ल्याउँदा खराब बाटोका कारण गाडीमा ठोक्किएर बीउको उमार शक्ति घट्न थाल्यो । दुई फरक जातका बीउ उत्पादन गर्दा ती दुईबीचको दूरी कम्तीमा २ किलोमीटर हुनुपर्नेमा जमीन अभावका कारण दूरी कायम गर्न सकिएन । यसको नतिजा बीउमा मिसावट देखिन गयो । विदेशीले त्यसलाई नेपालको बदमासीका रूपमा बुझे ।

    पर्याप्त मात्रामा सिँचाइ र मल अभावका कारण बीउको आकारमा पनि समस्या भयो । यसका साथै जातीय विकास तथा संवद्र्धनमा काम हुन सकेन । वर्णसंकर जातको विकासमा पनि कमी भयो जसले गर्दा बाह्य मुलुकबाट बीउको माग बन्द हुन गई निर्यात पनि बन्द भएको बताइएको छ । 

    नेपालले हाल वर्षेनि करोडौं रुपैयाँको तरकारीको बीउ आयात गर्ने गरेको बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार नेपालले गत आवमा मात्रै ४३ करोड ३९ लाख रुपैयाँभन्दा धेरैको करीब डेढ लाख किलो तरकारीको बीउ आयात गरेको छ । 

     

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.