११ मंसिर २०८२, बिहिबार / 27 November 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ मंसिर २०८२

    वीरगंज । पर्साको ग्रामीण क्षेत्र सबैठवा सिमानाकाबाट भन्सार छलि गरी सामान भित्र्याउने समूहमासँग मासिक रूपमा रकम लिएर तस्करीको ‘लाइन’ उपलब्ध गराउँदै आएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेती विवादमा तानिएका छन्। स्थानीय स्रोतका अनुसार, सबैठवा सिमानाकाबाट तस्करी भइरहेको विषय विभिन्न पत्रपत्रिका र अनलाइन मिडियामा सार्वजनिक भएपछि र माथिल्लो निकायले तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएपछि डिएसपी उप्रेतीले केही दिन तस्करी रोकेका थिए। तर तस्करी रोकिएपछि ‘काम गर्न देऊ, नत्र मासिक बुझाएको पैसा फिर्ता देऊ’ भन्दै तस्कर समूहले पैसा फिर्ता माग्न थालेपछि मंगलबार डिएसपी उप्रेती र तस्कर प्रतिनिधिबीच बैठकसमेत बसेको स्रोतले जनाएको छ।

    Ad
    Ad
    Ad

    स्रोतका अनुसार, विवाद टुग्याउने, पोल खुल्न नदिन र अर्को मोड नलिओस् भन्ने उद्देश्यले गरिएको उक्त बैठकपछि बुधबारदेखि तस्करी पुनः सञ्चालन गर्नेगरी डिएसपी उप्रेती र तस्कर समूहबीच सहमति भएको दाबी गरिएको छ। भारतीय बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट कालिकामाई–२ भेडिहारीका बैला उर्फ सत्रोहन साह रौनियारको समूहले ठूलो परिमाणमा कपडा तस्करी सञ्चालन गर्दै आएको छ। उक्त तस्करी लहावरथकरीका डिएसपी उप्रेतीकै समन्वयमा हुने गरेको स्थानीयहरूको आरोप छ। भैलाको मुख्य पेशा नै तस्करी रहेको र सोही अवैध कमाइबाट भेडिहारी, वीरगंज, पोखरिया लगायत स्थानमा घरजग्गादेखि अलिसान बंगला बनाएको समेत बताइन्छ। पोखरिया बजार, विश्रामपुर र महुवनबजारमा समेत मागअनुसार तस्करीका सामान आपूर्ति गर्दै आएको छ। त्यस्तै, सबैठवा नाकाबाट सख्खरको तस्करी तीव्र रूपमा बढेको स्थानीयहरूले बताएका छन्। सख्खर र माछा तस्करी एउटै समूहले गर्दै आएको र डिएसपी उप्रेतीले मासिक दर–रेटको भरपाई लिएर तस्करीको ‘लाइन’ दिएको आरोप स्रोतले जनाएको छ। रातिको समयमा सख्खर लोड ट्र्याक्टर र माछा लोड पिकअपहरू दशगजासम्म ल्याई नेपाली गाडीमा पुनः लोड गरी भित्र्याउने गरिएको बताइएको छ। नेपाल माछामा आत्मनिर्भर हुँदै जाँदा भन्सार छलि भित्रिएका भारतीय माछाले नेपाली व्यवसायी ठूलो मारमा परेका छन्। भारतमा दाना, बुटा, औजारलगायत सबैमा अनुदान पाउने भएकाले त्यहाँको माछा स्वभाविक रूपमा सस्तो हुन्छ। त्यसमा पनि भन्सारछली भित्रिने माछा अझै सस्तो परेकाले नेपाली व्यवसाय धरासायी बन्दै गएको छ। सप्ताहमा १०–१२ पिकअप माछा सबैठवाबाट तस्करी गरी नेपाल भित्रिने गरेको बताइन्छ। भारतबाट ल्याइने उक्त माछा क्वारेन्टाइन जाँचबिनै नेपाल प्रवेश गराइन्छ, जसलाई लामो यात्रामा कुहिन नदिन ‘फर्मालिन’ नामक विषाक्त रसायन प्रयोग गरिएको हुन्छ। चिकित्सकहरूका अनुसार फर्मालिन मिसिएको माछा सेवन गर्दा क्यान्सरसहित घातक रोग लाग्नसक्ने जोखिम अत्यधिक हुन्छ। आन्ध्र प्रदेशबाट मारिएको माछा ३–५ दिनको यात्रा गरेर नेपालको सीमा नाघ्ने भएकाले त्यसमै फर्मालिन प्रयोग गरिन्छ। नेपाल ल्याएपछि पनि व्यापारीहरूले माछा ताजा देखाउन अतिरिक्त फर्मालिन प्रयोग गर्ने गरेको चिकित्सकहरूको भनाइ छ। स्वास्थ्यका लागि अत्यन्त घातक मानिएका यिनै फर्मालिनयुक्त माछा तस्करीमार्फत रक्सौल हुँदै वीरगंजमा भित्र्याइने र त्यहाँबाट देशका अन्य सहरहरूमा पठाइने गरेको स्रोत बताउँछ। यसअघि पनि भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा करोडौँ मूल्यको माछा तस्करी हुने गरेको थियो। केही महिनाअघि झापातर्फ पठाइएका अत्यधिक फर्मालिनयुक्त माछा सशस्त्र प्रहरीले बरामद गरी खाल्डो खनेर नष्ट गरेको घटना पनि बाहिर आएको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    • प्रधानमन्त्री कार्यालयले सचिवालय संरचना छोट्यायो, २० मध्ये १६ सदस्य हटाइने
    • गरिमा विकास बैंक वीरगंज शाखाको १९औँ वार्षिकोत्सवमा विशेष रक्तदान कार्यक्रम, ५० जनाको सक्रिय सहभागिता
    • ज्येष्ठ नागरिक सङ्घ वडा–१६द्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न १८ जनामा मोतियाबिन्द फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.