१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ मंसिर २०८२

     बारा जिल्लाको विश्रामपुर गाउँपालिका, वार्ड नं ५, इटियाहीका वडा सचिव सुरेन्द्र यादवले २५ वर्षदेखि एउटै पदमा बसेर आफूलाई ‘सर्वेसर्वा’ बनाएको सेवाग्राहीहरूले गम्भीर आरोप लगाएका छन्। जनताको सेवामा समर्पित हुनुपर्ने सचिव यादवमाथि सेवाग्राहीसँग आर्थिक घुस लिने, काम नगर्ने र धम्कीपूर्ण व्यवहार देखाउनेजस्ता गम्भीर आरोप लागेका छन्। सेवामा भ्रष्टाचार र बार्गेनिङको खेल सेवाग्राहीहरूका अनुसार सचिव सुरेन्द्र यादवसँग कुनै पनि सामान्य कानूनी कामको लागि नगद पैसा तिर्नैपर्ने बाध्यता छ। जन्मदर्ता, विवाह प्रमाणपत्र, सिफारिसजस्ता कामका लागि पनि बिना ५०० देखि १००० रुपैयाँ तिरेर मात्र उनको कलम चल्ने गरेको जनगुनासो छ।

    Ad
    Ad
    Ad

    कामका लागि कार्यालय पुग्ने सेवाग्राहीहरूलाई "हुँदैन यो काम!" भन्दै बार्गेनिङको खेल सुरु गर्ने उनको शैलीले स्थानीयहरू आक्रोशित भएका छन्। 'टाउकोको अपरेसन'लाई 'हथियार' बनाउने चालबाजी कुनै पनि सेवाग्राहीले उनको कामशैलीको विरोध गरेमा उनी आफ्नो टाउकोको अपरेसनको बहाना गरेर उछिट्टिएर लड्ने, मरे जस्तो नाटक गर्ने र धम्की दिने गरेको आरोप स्थानीयहरूले लगाएका छन्। "म मरे भने तिमीहरू फस्नेछौ," भन्दै सेवाग्राहीलाई त्रसित बनाउने उनको शैलीले प्रशासनप्रति जनताको विश्वासलाई खतरामा पारेको छ। शक्ति र पैसा – उनको आधार सुरेन्द्र यादवले बारम्बार आफूलाई शक्तिशाली व्यक्तिहरूको संरक्षण रहेको दाबी गर्दै आएका छन्। "कसमा दम छ मेरो सरुवा गर्न?" भन्ने उनले सेवाग्राहीलाई खुलेआम चुनौती दिने गरेको स्थानीयहरूले बताएका छन्।

    Ad
    Ad
    Ad

    उनको भनाइअनुसार, पैसा नै उनको शक्ति हो, जसका कारण उनको स्थानान्तरण रोकिएको छ। जनताको आक्रोश र राज्यको मौनता २५ वर्षदेखि एउटै ठाउँमा काम गरिरहेका सुरेन्द्र यादवले सेवाग्राहीलाई धम्क्याएर, भ्रष्टाचार गरेर र कानूनी प्रक्रियाको मखौल उडाएर स्थानीय प्रशासनलाई समेत पंगु बनाएको स्थानीयको गुनासो छ। तर, यो गम्भीर समस्याप्रति सम्बन्धित निकायको मौनता अझै रहँदै आएको छ। के सरकार सुतेको छ? एक राष्ट्रसेवकले जनताको सेवा गर्नुपर्ने ठाउँमा उनी जनतालाई मारमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्दै आएका छन्। विश्रामपुर गाउँपालिकामा २५ वर्षदेखि सचिव यादवको यो रजगज किन चल्दै आएको छ? जनताको आवाज नसुन्ने प्रशासन, यादवको स्थानान्तरण गर्न किन असक्षम छ? अब प्रश्न उठ्छ—जनताको काममा तगारो बनेका सचिव यादवको रजगजको अन्त्य कहिले हुन्छ? सम्बन्धित निकायले तुरुन्तै यस विषयमा चासो दिएर निष्पक्ष छानबिन र कडा कदम चाल्नुपर्ने आवश्यक छ।

    Ad
    Ad
    Ad
    Ad

    जनताको आक्रोश र यादवको कार्यशैलीले इतिहास दोहोरिनु हुँदैन। यस मुद्दामा जनताको आवाज: "हाम्रो काम सुन्ने को?" राष्ट्रद्रोह बराबरको यो भ्रष्टाचार र दमनप्रति अब सरकार र प्रशासनले गम्भीर ध्यान दिनुपर्ने बेला भएको छ। यस मुद्दालाई राष्ट्रिय स्तरमा उजागर गर्दै जनता न्यायको प्रतीक्षा गरिरहेका छन्।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.