२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चिसो पानीमा नुहाउने कि तातो पानीमा

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१५ माघ २०७९

     Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    १५ माघ, वीरगञ्ज । चिसो पानीमा नुहाउने कि तातो पानीमा ? त्यो तपाईंको इच्छा । धेरैजसो मानिस तातै पानी रोज्लान् । तर अनुसन्धानकर्ताहरु भन्छन्, ‘चिसो पानीमा नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक छ।’ 

    Ad
    Ad
    Ad

    चिसो पानीमा नुहाउनाका धेरै फाइदा छन् । जस्तो ः रक्तसन्चार राम्रो हुन्छ, तनाव कम हुन्छ, उत्साह र जागरुकता बढ्छ आदि । यसका अतिरिक्त शरीरको बोसो कम गर्न र रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि मद्धत हुन्छ।

    Ad
    Ad
    Ad
    Ad

    चिसो पानी हाम्रो शरीरमा पर्दा शरीरमा झनझनाहट उत्पन्न हुन्छ,  तनावमा शरीरले यस्तो प्रतिक्रिया गर्छ, जसबाट मुटुको धड्कन र रक्तसन्चार बढ्छ । चिसो पानीले नुहाउनु सुरक्षित पनि छ । कम्पन हुनेुवाहेक यसले शरीरमा कुनै नराम्रो असर गर्दैन । बीबीसीको कार्यक्रम ‘ट्रस्ट मी आइएम डाक्टर’ मा डा. क्रिस वान टोलेकन भन्छन्, ‘तर ख्याल गर्नुपर्ने कुरा के हो भने यदि तपाईं बुढो हुनुहुन्छ या मुटुको रोगी हुनुहुन्छ भने तपाईं बेहोस हुन सक्नुहुन्छ या हर्ट अट्याक पनि हुन सक्छ।’

    चिसो पानीले नुहाउँदा तनाव र चिन्ता कम हुन्छ भन्नेबारेमा हालसम्म क्लिनिकल परीक्षण नभएपनि विशेषज्ञको भनाईमा यसले चिन्ता हटाउन मद्धत गर्छ । चिसो पानीले शरीरको हानिकारक रसायन र हर्मोन शरीरबाट बाहिर निकाल्छ, जसबाट तनाव घटेको महसुस हुन्छ।

    सन् २०१३ मा ‘टीइडी टक’ मा धावक जोयल रनयोनले आफ्नो अनुभवका आधारमा भनेका थिए, ‘मानिस जुन परिस्थितिबाट डराइरहेको छ या असहज महसुस गरिरहेको छ, चिसो पानी या कोल्ड सावरमा नुहाउँदा त्यस्तो परिस्थितिसंग लड्ने तरिका बदल्न सकिन्छ।’ 

    अर्कोतिर के पनि तर्क दिइन्छ भने चिसो पानीले नुहाउँदा दिमागमा अचानक झट्का लाग्छ, जो एक एन्टीडिप्रसेन्ट प्रभाव हुन सक्छ।

    २०१६ मा ‘प्लस वान’ पत्रिकामा कोल्ड सावरले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा छापिएको थियो । अध्ययनअनुसार ९० दिनमा दिनहुँ चिसो पानीमा नुहाउने २९ प्रतिशत मानिसमा रोग लाग्ने दर कम देखिएको थियो । अध्ययनमा सामेल मानिसहरुलाई तातोपानीको सावरको अन्त्यमा ३०, ६० या ९० सेकेन्डका लागि चिसो पानीले नुहाउन भनियो । अध्ययनका क्रममा के पाइयो भने कोल्ड सावर लिनेमा न रुघा लाग्यो, न अन्य खालका गलत असर नै । जतिबेर चिसो पानीमा नुहाएपनि कुनै नकारात्मक असर भएन।

    बरु उनीहरुले शरीरमा उर्जा महसुस गरेका थिए । 

    चिसो पानीले नुहाउँदा व्यायामपछि हुने पीडामा आराम मिल्छ । तर यसो किन हुन्छ भनेर वैज्ञानिकहरुसंग कुने तथ्यपरक प्रमाण छैन । केही अनुसन्धानकर्ताहरुको भनाईमा यसबाट स्वास्थ्यमा सुधार आउछ भने मांसपेशीलाई अनुकूल बनाउने क्षमता पनि राख्छ । 

    २०१४ मा फिजिकल थेरापी इन स्पोटर््समा प्रकाशित अध्ययनमा चिसो पानी र तातो पानीमा नुहाउनुबीच कुनै भिन्नता नभएको पाइएको थियो । 

    केहीवैज्ञानिकहरु चिसो पानीले नुहाउँदा  शरीरको बोसो कम गर्ने बताउछन् । तर डा. टोलेकनका अनुसार यसको पनि कुनै प्रमाण छैन । तर चिसो पानीले नुहाउनु अण्डकोषका लागि भने लाभदायी हुन्छ । किनभने तातो पानीले नुहाउँदा अण्डकोषको तापमान सन्तुलन बिग्रन्छ र यसको सिधा असर वीर्य उत्पादनमा पर्छ । 

    डा. टोलेकन भन्छन्, चिसो पानीले नुहाउँदा के–के फाइदा हुन्छन् भन्ने अध्ययन अहिलेलाई सुरुवाती चरणमा छन, यसका वैज्ञानिक तथ्य पत्ता लागिसकेको छैन । उनी भन्छन्, ‘यदि चिसो पानीले नुहाउँदा कुनै नकारात्मक असर पर्दैन भने यसको कुनै बेफाइदा पनि छैन ।’

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.